२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २महोत्तरीको जलेश्वर अस्पतालमा भेन्टिलेटर प्रयोग विहीन, दक्ष जनशक्तिको अभाव

महोत्तरीको जलेश्वर अस्पतालमा भेन्टिलेटर प्रयोग विहीन, दक्ष जनशक्तिको अभाव


जनकपुर – प्रदेश २ मा कोरोना संक्रमितको संख्या करिब दुईसय बढीको दरले दैनिक रुपमा बढिरहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगिसकेको छ ।  भेन्टिलेटर लगायतका भौतिक पुर्वाधार तथा उपकरण नहुँदा कतिपय बिरामीको मृत्यु भएको डाक्टरले समेत स्वीकार गर्दै आएका छन् । तर भेन्टिलेटर हुँदाहुँदै पनि प्रदेश तथा स्थानीय सरकारले यस विषयमा आवश्यक जनशक्ति परिचालन गर्न नसक्दा अनाहकमै संक्रमितको मृत्यु हुने जोखिम उच्च देखिन्छ ।

कोरोना संक्रमितको उपचारका लागि महोत्तरीको जलेश्वर अस्पतालमा भेन्टिलेटर जडान गरिएको छ । तर, भेन्टिलेटर सेवा सञ्चालन गर्नका लागि जनशक्तिको अभावले भेन्टिलेर संचालन हुन सकेको छैन् । समाजिक विकास मन्त्रालयको सहयोगमा जलेश्वर अस्पतालमा पाँचवटा भेन्टिलेटर जडान गरिएको हो ।

अस्पताल कोरोना संक्रमितको उपचारका लागि कोभिड– १९ विशेष अस्पतालका रूपमा प्रयोग भइरहेको छ । एक सय शैय्याको जलेश्वर अस्पतालमा अहिले ४२ जना कोरोना संक्रमित आइसोलेसनमा रहेका छन । उनीहरूमध्ये चार जनामा कोरोनाको लक्षण देखिएको अस्पतालले जनाएको छ । संक्रमितलाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आउँदा सेवा दिने उदेश्यले पाँचवटा भेन्टिलेटर जडान गरिएको अस्पतालका अध्यक्ष सुरेश पाण्डेयले बताए । तर, जनशक्ति अभावमा पाँच भेन्टिलेटर सञ्चालन गर्न नसकिने अवस्था रहेको उनले सुनाए  । ‘भेन्टिलेटरमा राखेर उपचार गर्नका लागि एक चिकित्सक मात्र छन् , तर अन्य चिकित्सक र स्वास्थ्यकर्मी छैनन् ।

भेन्टिलेटर सहित आइसियु पूर्णरूपमा सञ्चालन गर्न विशेषज्ञ चिकित्सक र स्टाफहरू आवश्यक रहेको अध्यक्ष पाण्डेले वताए । प्रदेश २ सरकारसँग एनेस्थेसिया, इन्टरनल मेडिसिन, तालिम प्राप्त नर्सिङ स्टाफ लगायतको माग गरिएको अध्यक्ष पाण्डेयले बताए ।  कोरोना संक्रमित बढिरहेको र गम्भीर बिरामी पनि बढ्दै गएकाले भेन्टिलेटर सञ्चालन गर्न जरुरी रहेको उनको भनाइ छ ।

अस्पताल विकास समितिले आइसियू सहित पाँचवटा भेन्टिलेटर र अन्य उपकरण जडान गर्न दुई करोड ५२ लाख खर्च भएको वताए ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ