२०८३ कात्तिक ६, शुक्रवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश २ ∕ पर्साको कोभिड विशेष अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि

पर्साको कोभिड विशेष अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि


जनकपुर—पर्साको वीरगंजस्थित नारायणी कोभिड विशेष अस्पताल गण्डकमा ७ भदौमा मृत्यु भएका वृद्धमा कारोना संक्रमण पुष्टि भएको छ ।

जिराभवानी गाउँपालिका—४ का ६८ वर्षीय वृद्धको उपचारकै क्रममा ७ भदौ राति १० बजे मृत्यु भएको थियो ।

मृतकको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । उक्त स्वाबको नतिजामा कोरोना संक्रमण पोजेटिभ देखिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

मुटु रोगका बिरामी रहेका उनी स्वास्थ्यमा समस्या आएपछि ७ भदौंमा राति कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ