२०८३ कात्तिक ६, शुक्रवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश २ ∕ जनकपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु

जनकपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु


जनकपुर—धनुषाको जनकपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ थप एक जना कोरोना संक्रमितको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका—४ मुरलीचोकका ६० वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत गणेश मिश्रले वताए ।

अधिकृत मिश्रका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि भदौं १९ गते अस्पताल भर्ना भएका मृतक पुरुषको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनमा कोरोनाको लक्षण देखिएपछि भदौ २२ गते स्वाब संकलन गरिएको थियो । उनमा भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमणपछि उनलाई भेन्टिलेटरबाट कोरोना अस्पताल सारिएको र उपचारको क्रममै उनको शुक्रबार मृत्यु भएको छ । मृतकको शव श्रीनाथ गणबाट खटेको कोभिड—१९ शव व्यवस्थापन टीमले व्यवस्थापन गरेको प्रशासनले जनाएको छ ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ