२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २पैसा तिर्न नसक्दा सुत्केरी अस्पतालमै ४ दिन बन्धक, प्रदेश सांसदले गरे उद्धार

पैसा तिर्न नसक्दा सुत्केरी अस्पतालमै ४ दिन बन्धक, प्रदेश सांसदले गरे उद्धार


जनकपुर—धनुषाको जनकपुरधामस्थित चन्द्रकला अस्पताल एण्ड रिसर्च सेन्टरमा प्रसुती शुल्क बुझाउन नसक्दा डिस्चार्ज भएर पनि चार दिनदेखि घर जान नपाएकी सुत्केरी आमा र शिशुलाई प्रदेश सांसदले उद्धार गरेका छन् ।

सर्लाही लालबन्दी नगरपालिका–५ की कुसुम पासवानले शल्यक्रियापछि छोरा जन्माएकी थिइन् । तर, उनले अस्पताललाई बुझाउनुपर्ने ३५ हजार शुल्क तिर्न नसकेपछि ४ दिनदेखि अस्पतालमै बन्धक बनेकी थिइन् । भदौ १६ गते अस्पताल भर्ना भएकी कुसुम २२ गते डिस्चार्ज भएकी थिइन् ।

तर, अस्पतालको शुल्क बुझाउन नसक्दा अस्पताल प्रशासनले उनलाई नर्मल वार्डमा राखेर घर जानबाट रोकेको थियो । कुसुमका श्रीमान रवीन्द्रले आफन्त र गाउँमा अस्पताललाई तिर्नुपर्ने पैसा खोजेपनि व्यवस्थान गर्न सकेनन् । लकडाउनको कारण देखाएर ऋण नपाउँदा अस्पतालमा ४ दिनदेखि बन्धक बन्नु परेको रवीन्द्रले बताए ।

नवजात शिशु र आमा अस्पतालमा अस्पतालमै रहेको जानकारी पाएपछि सर्लाहीबाट निर्वाचित प्रदेश सांसद बेची लुंगेलीले महिला सञ्जालको सहयोगमा पैसा संकलन गरी शुक्रबार उद्धार गरेका हुन् । शुक्रबार बिहान ३३ हजार नगद संकलन गरी अस्पताल र औषधीको पैसा भुक्तानी गरेर सुत्केरीलाई उद्धार गरेको प्रदेश सांसद लुंगेलीले बताइन् ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ