२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २वीरगञ्जमा २ जना चिकित्सकसहित थप २३ जनामा संक्रमण पुष्टि

वीरगञ्जमा २ जना चिकित्सकसहित थप २३ जनामा संक्रमण पुष्टि


जनकपुर-पर्सा र बारामा आज थप २३ जनामा संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल वीरगंजको प्रयोगशालामा ३ सय १५ जनाको स्वाब परीक्षण गरिएकोमा २३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बताए ।

पर्साका ९ र बाराका १४ जनामा संक्रमण देखिएको चौरसियाले बताए । नारायणी अस्पतालको क्वार्टरमा बस्ने दुई जना, वीरगञ्ज हेल्थ केयर अस्पतालका दुई जनामा संक्रमण देखिएको हो ।

पर्साको पटेर्वा सुगौली गाउँपालिका ५ का तीन जना , सखुवा प्रसौनी गाउँपालिका २ का एक जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, बाराको निजगढ नगरपालिकाका ८ जनामा संक्रमण देखिएको छ । ती मध्ये दुईजना इलाका प्रहरी कार्यालय निजगढका रहेका छन् ।

यसैगरी कलैया उपमहानगरपालिका वडा नम्बर ४, ६ र ८ का एक–एक जना, वडा नम्बर ७ का तीन जनामा कोरोना संक्रमण भएको उनले बताए ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ