२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिनमा १७ जना संक्रमितको निधन, २८ जना संक्रमित भेन्टिलेटरमा

एकैदिनमा १७ जना संक्रमितको निधन, २८ जना संक्रमित भेन्टिलेटरमा


काठमाडौँ – थप १७ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १७ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा ज्यान गुमाउने संक्रमितको संख्या ४ सय ५३ पुगेको हो।

 एकैदिनमा १७ जना संक्रमितको ज्यान गएको यो पहिलोपटक हो। मृत्यु हुनेमा मोरङकी ५५ वर्षीया महिला, झापाका ७८ वर्षीय बृद्ध, सुनसरीकी ८३ वर्षीया वृद्धा, रौतहटका ६५ वर्षीय पुरुष, भक्तपुरकी ७३ वर्षीया वृद्धा र ८४ वर्षीय वृद्ध, काठमाडौँकी ८२ वर्षीया वृद्धा, ७५ वर्षीय वृद्ध, ७९ वर्षीय वृद्ध र ८० वर्षीय वृद्ध रहेका छन्।

त्यस्तै, धादिङ्गकी ३२ वर्षीया महिला, तनहुँका ३९ वर्षीय पुरुष, दाङका ३९ वर्षीय पुरुष, कपिलबस्तुका ५० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुष संक्रमितको पनि निधन भएको छ।

यस्तै, आज २८ जना कोरोना विरामी भेन्टिलेटरमा उपचाररत छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ