२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनोभा जेनेटिक फर्मास्युटीकलले बनायो जीवन रक्षक ‘डायलासिस फ्ल्युड’

नोभा जेनेटिक फर्मास्युटीकलले बनायो जीवन रक्षक ‘डायलासिस फ्ल्युड’

विपन्नलाई डायलासिसमा सहजता


काठमाडौं—मिर्गौलाको डायलासिस फ्ल्युडको अभावमा गरिब तथा विपन्न वर्षका बिरामीहरुले डायलासिस सेवा पाउन नसकेका बेला नेपालमै ‘डायलासिस फ्ल्युड’को उत्पादन सुरु भएको छ । औषधि व्यवस्था विभागले नोभा जेनेटिक फर्मास्युटिकल प्रा.लि.लाई अत्यावश्यक ‘डायलासिस फ्ल्युड’ उत्पादनको अनुमति दिएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए ।

नोभा जेनेटिक फर्मास्युटिकल प्रा.लि.ले अत्यावश्यक ‘डायलासिस फ्ल्युड’ उत्पादन सुरु गरी बिक्री वितरण समेत गर्न थालेको जनाएको छ । डायलासिसका लागि चाहिने अत्यावश्यक डायलासिस फ्ल्युड पर्याप्त नहुँदा सयौं बिरामीले सेवा पाएका थिएनन् । नेपालमा सो ‘डायलासिस फ्ल्युड’को दोस्रो मुलुकबाट आयात अनुमति छैन ।

नेपालमा रोडोरेड्रन फर्मास्युटिकल प्रा.लि.ले यसअघि ‘डायलासिस फ्ल्युड’ उत्पादन गर्दै आएको थियो । बिरामीको संख्या बढ्दै जानु र मागअनुसार रोडोरेड्रन फर्मास्युटिकल प्रा.लि.ले ‘डायलासिस फ्ल्युड’ उत्पादन गर्न नसक्दा सेवामा समस्या आएको थियो ।

मिर्गौला रोग विशेषज्ञ डा ऋषि काफ्लेका अनुसार डायलासिस गर्ने बिरामीका लागि ‘डायलासिस फ्ल्युड’ अनिवार्य आवश्यकता पर्छ । उक्त ‘डायलासिस फ्ल्युड’ उपलब्ध नभएको अवस्थामा बिरामीको सेवा रोकिन्छ ।

देशभर ४ हजार ६ सय २० जना व्यक्ति नियमित डायलासिस सेवा लिइरहेका छन् । करिब ७ हजार जना सेवा नपाएर बसिरहेका छन् । नोभा जेनेटिक फर्मास्युटिकल प्रा.लि.ले महिनामा २० हजार लिटर फ्ल्युड उत्पादन गर्ने बताएको छ ।

‘डायलासिस फ्ल्युड’ नपाएर सेवा लिन नपाएका मिर्गौलाका बिरामीलाई यसले राहत मिलेको चिकित्सक बताउँछन् । देशभरका सरकारी, निजी र गैरसरकारी गरी ५५ अस्पताल डायलासिसका लागि सूचीकृत भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ