२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवृद्धवृद्धालाई जाडोमा मौसमी रुघाखोकीको खोप लगाउन चिकित्सकको सुझाव

वृद्धवृद्धालाई जाडोमा मौसमी रुघाखोकीको खोप लगाउन चिकित्सकको सुझाव


काठमाडौँ – पछिल्लो दुईदिन देखि काठमाडौँ उपत्यका लगायत देशभर चिसो बढेको महशुस गरिएको छ । मौसम जाँच गर्ने विभिन्न निकायले पनि केहि चिसो बढेको बताएका छन् ।

कोरोना भाइरसका कारण विगतमाभन्दा यस वर्षको चिसोलाई निकै चुनौतीका रुपमा लिइएको छ । गतवर्ष चीनबाट सुरु भएको कोभिड–१९ को संक्रमण हाल विश्वभर फैलिरहेको छ ।

गर्मीको समयमा नियन्त्रणमा रहेको सो भाइरस चिसो बढेका देशहरुमा चिसोसँगै तिब्र गतिमा वृद्धि हुन थालेको वभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरुले बताएका छन् । चिकित्सकहरुले पनि चिसो सुरु भएका देशमा कोरोनाको मृत्युदर ४० प्रतिशतले वृद्धि भएको बताएका छन् ।

यता, नेपालमा पनि कोरोना संक्रमण बढ्दै गएका बेला चिसो मौसम सुरु भएको छ । यसले ठुलो विपति ल्याउने चिकित्सकहरुले अड्कलबाजी लगाएका छन् । चिसोले वृद्धवृद्धा र दिर्घरोगीलाई समस्या बनाउँने हुँदा कोरोनाबाट जोगाउन निकै चुनौती छ । कोरोना भाइरसले पनि श्वासप्रश्वासमा गम्भीर समस्या ल्याउने र निमोनिया गराई मृत्यु हुने भएकाले निमोनियाविरुद्धको खोप लगाउन चिकित्सकहरुले सुझाव दिलएका छन् ।

देशभर हालसम्म १ लाख ६२ हजार ३ सय ५४ जनामा कोभिड–१९ पुष्टि भएको छ । उनीहरुमध्ये ८ सय ८७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सहायक प्रवक्ता डा. समिर अधिकारीले बताए । उनकाअनुसार कोरोनाबाट मृत्यु हुने ६० प्रतिशत बढी वृद्धवृद्धा र दिर्घरोगी छन् । जसलाई चिसोबाट बचाउनु अनिवार्य छ ।

शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ चिकित्सक डा. शेरबहादुर पुनले चिसोमा वृद्धवृद्धा र दिर्घरोगीलाई विशेष ख्याल गर्नुपर्ने जानकारी दिए । उनकाअनुसार ६५ वर्षमाथिका वृद्धवद्धालाई बचाउन निमोनियाविरुद्धको खोप लगाउन पर्छ ।

यता, कोभिड चिकित्सक डा. अनुप बास्तोलाका अनुसार सबैका लागि जाडो घातक बनेको छ । कोरोनाको संक्रमण बढ्दै जानु र यही समय चिसो सुरु हुनुले निकै नराम्रो संकेत गरेको छ । श्वासप्रश्वास रोगीका लागि जाडो समय अत्यन्तै कष्टकर मानिन्छ ।

रुघाखोकीको जोखिमबाट बच्न इन्फ्लुएन्जाको खोप लगाउन सकिन्छ । यसले भाइरसबाट बच्न मद्दत गर्छ ।

‘भाइरस जाडोमा बढी सक्रिय हुने र शरिरमा भाइरससँग लड्ने रोग प्रतिरोधात्मक क्षमता पनि कम भएकोले भाइरसलाई जित्ने अवस्था हुँदैन । जाडोमा वृद्धवृद्धाको श्वासप्रश्वासमा समस्या बढ्दै जान्छ । जाडो नहोस भनेर एउटै कोठामा बस्ने झ्याल ढोका लागाउने गरिन्छ जुन स्वास्थ्यका हिसाबले घातक छ, ‘डा बास्तोलाले भने ।

प्रत्येक वर्ष एकपटक इन्फ्लुएन्जा खोप लगाएमा निमोनियालाई धेरै हदसम्म कम गर्न सकिने डाक्टरहरु बताउँछन् ।

कोरोना लागेको व्यक्तिलाई १०० डिग्री माथि ज्वरो आउने, खोकी सुरु भएको ५ देखि १० दिनमा श्वासप्रश्वासमा समस्या देखिन थाल्छ । त्यस्तै, थकान समेत महशुस हुन्छ । सुख्खा खोकी लाग्ने, घाटी दुख्ने र पछिल्लो समय मुख्यगरी पखाला लाग्ने समस्या देखिएको छ । त्यसैगरी, खाने कुराको स्वाद र गन्ध थाहा नपाउनु पनि कोरोनाको लक्षण हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ