२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकनका सुन्दरीको हिउँदे गाउँ सभाबाट स्वास्थ्य सेवा ऐन पारित

कनका सुन्दरीको हिउँदे गाउँ सभाबाट स्वास्थ्य सेवा ऐन पारित


जुम्ला—५ पुसमा संसद विघटनपछि संसद विघटनको पक्ष र विपक्षमा राजनीतिक ध्रुवीकरण भइरहेका बेला जुम्लाको कनका सुन्दरी गाउँपालिकाको छैटौं हिउँदे गाउँसभा सम्पन्न भएको छ ।

जुम्लाको कनका सुन्दरी गाउँपालिकाको हिउँदे गाउँ सभाबाट स्थानीय स्वास्थ्य तथा सरसफाइ सेवा ऐन—२०७७, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन—२०७७ र गाउँ शिक्षा नीति २०७७ पारित भएको सूचना अधिकारी दानसिंह कार्कीले बताए ।

स्वास्थ्य शाखा संयोजक दामोदर आचार्यका अनुसार १५ शैय्याको अस्पताल सञ्चालन गर्ने, पोलीक्लिनिक सञ्चालन, एम्बुलेन्स सेवा, प्रसुति गृह सञ्चालन तथा आवश्यक स्वास्थ्यकर्मी र उपकरणको व्यवस्थापन जस्ता कुरा स्वास्थ्य तथा सरसफाइ सेवा ऐन—२०७७ मा उल्लेख गरिएको छ ।

समुन्द्री सतहदेखि २ हजार ५ सय १४ मिटर उचाइमा रहेको गाउँपालिका जुम्लाको सदरमुखकाम खलंगादेखि करिब ५५ किमी दूरीमा रहेको छ । १२ हजार ९ सय ७७ जनसंख्या रहेको छ भने २ हजार ५ सय घरधुरी छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, पालिका स्वास्थ्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ