२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा २१८ सहित थप ३४८ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा २१८ सहित थप ३४८ जनामा कोरोना पुष्टि


काठमाडौं – देशभर थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये काठमाडौं उपत्यकाका २ सय १८ जना रहेका छन् । यससँगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ४ सय ४१ जना कोरोना मुक्त भइ डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हालसम्म २ लाख ६२  हजार २ सय ५९ जना कोरोनामुक्त भैसकेका छन् ।

मंगलबारमात्र ४ हजार ९ सय ५६ वटा पिसिआर परीक्षण भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ