२०८३ कात्तिक ६, शुक्रवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश २ ∕ वीरगन्जस्थित नेशनल मेडिकल कलेजलद्वारा ओपन हर्ट सर्जरी सुरु

वीरगन्जस्थित नेशनल मेडिकल कलेजलद्वारा ओपन हर्ट सर्जरी सुरु


वीरगञ्ज–वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले ओपन हर्ट सर्जरी सुरु गरेको छ । शनिबार मुटुका चार वटै द्वार बन्द भएर उपचारका लागि अस्पताल पुगेका बारा जिल्ला फेटा गाउँपालिका ५५ वर्षीय हदिश अन्सारीको ओपन हर्ट सर्जरी गरिएको हो ।

अस्पतालका कार्डियाक सर्जन डा. अफरोज अन्सारी नेतृत्वको टोलीले मुटुको शल्यक्रिया गरेको हो । शल्यक्रिया गरिएका विरामीको अवस्थामा सुधार आएकोले शुक्रबारसम्ममा डिस्चार्य गर्ने तयारी रहेको डा. अन्सारीले जानकारी दिए ।

नेशनल मेडिकल कलेजले दुई वर्षदेखि हृद्वयघातलगायतका समस्या भएका विरामीको लागि क्याथल्याव संचालन गर्दै आएको छ ।

तर, ओपन हर्ट सर्जरी भने पहिलोपटक भएको डा. अन्सारीले बताए । ‘म डेढ वर्षदेखि यहाँ कार्यरत छु,’ उनले भने, ‘सबै कुरा मिलाएर सेवा सुरु गर्न त्यति समय लाग्यो, खुसी लागेको छ ।’


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ