२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयता डेंगुले बिरामी सिकिस्त, उता हाकिम विदेशमा मस्त

यता डेंगुले बिरामी सिकिस्त, उता हाकिम विदेशमा मस्त


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुकै दावीलाई सही मान्ने हो भने अहिलेसम्म ४२ जिल्लामा ४४ सयभन्दा बढी डेंगुका बिरामी छन् । तीन जनाको मृत्यु भैसकेको छ । डेंगुले महामारीको रुप लिएपछि स्वास्थ्यका अधिकारीहरु आत्तिसकेका छन् ।

तर, डेंगुले मुलुकभर हजारौं नागरिकहरु सिकिस्त भैरहेका बेला स्वास्थ्य मन्त्रालय अन्तर्गतको एक तालुकदार निकायमा हाकिम भने विदेश सयरमा मस्त छन् । डेंगुलगायत विभिन्न रोगको प्रकोप र महामारी नियन्त्रण तथा नियमन गर्न समन्वयको प्रमुख भूमिकामा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लाल अहिले भुटानमा छन् ।

वर्षासँगै डेंगु, हैजालगायतका रोगहरु संक्रमण बढ्ने समयमा त्यसलाई नियन्त्रणको कार्ययोजना बनाउनुपर्ने विभागीय प्रमुखले भने विदेश मोह त्याग सकेका छैनन् । गत बैशाख अन्तिममा धरानबाट फैलिएको डेंगु सुदूरपश्चिमको डोटीमा पुग्दासम्म तीन जनाको ज्यान गइसकेको छ । यसलाई नियन्त्रण गर्ने योजना तर्जुमा गर्ने, समन्वय गर्ने महाशाखा प्रमुख लाल भने यही अवधिमा चार वटा देशको सयर गर्न भ्याइसकेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

तर, यता डेंगुले भने दिनप्रतिदिन भयावह अवस्था गराएको छ । समयमै नियन्त्रणका लागि प्रभावकारी योजना तय नगर्दा स्वास्थ्य मन्त्री र सचिव नै चिन्तामा परेका छन् । उनीहरुले सार्वजनिक रुपमै अब सरकारले मात्रै डेंगु नियन्त्रण गर्न नसक्ने भएकाले सबैले यसतर्फ सहयोग गर्न आग्रह गरिसकेका छन् । विगतमा पनि डेंगु नदेखिएको होइन्, तर त्यसलाई स्वास्थ्य मन्त्रालयले नै प्रभावकारी योजना निर्माण गरी नियन्त्रण गर्दै आएको थियो ।

यस पटक किन यो अवस्था आयो त ? विभाग अन्तर्गतकै एक निर्देशकले पछिल्लो समय फैलिएको डेंगुको विषयमा डा. लालसँग चिन्ता व्यक्ति गर्दा ‘नेपालमा मात्र फैलिएको हैन हङकङ, थाइल्याण्ड, जहाँ त्यही छ के चिन्ता लिइरहनु’ भन्दै जवाफ फर्काएका थिएँ । ‘उहाँ त्यति चिन्तित हुनुहुन्न्, जति डेंगुको महामारी खतरनाक देखिदैंछ,’ ती निर्देशकले हेल्थआवाजसँग भने, ‘अहिलै यो अवस्था छ, अझै दुई महिना डेंगुको समय हो । आगामी दिनमा झनै भयावह हुने सम्भावना देखिन्छ ।’

डा. लाल पछिल्ला चार महिनायता मात्रै अमेरिका, थाइल्याण्ड, टिमोरलिष्टी देश घुमेर फर्किसकेका छन् । तर, डेंगुको संक्रमण तीब्र बनिरहेकै बेला गत साता मात्रै भुटान पुगेका छन् । ‘उहाँ जुन जिम्मेवारी लिनुभएको छ, त्यहाँको संवेदनशीलता बुझेर काम गर्नुभएको छैन्,’ इडिसिडीका एक अर्का कर्मचारी भन्छन्, ‘जुन प्रोजेक्टले विदेश घुमाउँछ, त्यसलाई मात्रै महत्व दिनुहुन्छ ।’

डेंगु नियन्त्रणको आगामी योजनाका विषयमा इडिसिडीका निमित्त निर्देशक समेत रहेका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख घनश्याम पोखरेललाई जिज्ञाशा राख्दा निर्देशक आएपछि मात्र ठोस योजना बनाउने बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ