गृहपृष्ठ ∕ समाचार ∕ २० लाख डोज खोपका लागि सेरमलाई सरकारले पठायो ९३ करोड रुपैयाँ २० लाख डोज खोपका लागि सेरमलाई सरकारले पठायो ९३ करोड रुपैयाँ हेल्थ आवाज बिहीबार, २०७७ फागुन ६ गते, ११:१३ मा प्रकाशित काठमाडौंं—सरकारले कोरोना विरुद्ध खोप कोभिशिल्ड आयात गर्न सेरम इन्स्टिच्युट अफ इन्डियालाई अग्रिम भुक्तानी दिएको छ । सरकारले सेरमलाई अग्रिम भुक्तानी दिने निर्णय गरेको भोलिपल्ट बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९३ करोड भुक्तानी दिएको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सरकारको निर्णयअनुसार रकम भुक्तानी दिएको बताए । सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप दुई हप्ता भित्र पठाउने बताएको छ । भारतीय गृहमन्त्री अमित शाह र नेपालका स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीबीच बुधबार ४ डलरका दरले खोप उपलब्ध गराउने सहमति भएको छ । स्रोतकाअनुसार सतप्रतिशत भुक्तानी अग्रिम लगेपनि खोप दुई चरणमा दिने बुझिएको छ । पहिलो चरणमा १० लाख डोज र दोस्रोमा थप १० लाख डोज दिने सेरम इन्स्टिच्युट अफ इन्डियाले बताएको छ । नेपालको भण्डार क्षमता पनि कम भएकाले एकै पटक खोप आयात गर्दा समस्या हुने अधिकारीहरुले बताएका छन् । भारत सरकारले गत ८ माघमा १० लाख डोज अनुदानस्वरूप दिएको थियो । उक्त अनुदानको खोपबाट अहिले नेपालमा खोपसेवा सञ्चालन भइरहेको छ । कोभ्याक्स सुविधाअन्तर्गतको २२ लाख डोज खोप पनि केही दिन भित्र नेपाल आउने छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ७ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? TFN ट्रेण्डिङ आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’