गृहपृष्ठ ∕ समाचार ∕ २० लाख डोज खोपका लागि सेरमलाई सरकारले पठायो ९३ करोड रुपैयाँ २० लाख डोज खोपका लागि सेरमलाई सरकारले पठायो ९३ करोड रुपैयाँ हेल्थ आवाज बिहीबार, २०७७ फागुन ६ गते, ११:१३ मा प्रकाशित काठमाडौंं—सरकारले कोरोना विरुद्ध खोप कोभिशिल्ड आयात गर्न सेरम इन्स्टिच्युट अफ इन्डियालाई अग्रिम भुक्तानी दिएको छ । सरकारले सेरमलाई अग्रिम भुक्तानी दिने निर्णय गरेको भोलिपल्ट बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९३ करोड भुक्तानी दिएको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सरकारको निर्णयअनुसार रकम भुक्तानी दिएको बताए । सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप दुई हप्ता भित्र पठाउने बताएको छ । भारतीय गृहमन्त्री अमित शाह र नेपालका स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीबीच बुधबार ४ डलरका दरले खोप उपलब्ध गराउने सहमति भएको छ । स्रोतकाअनुसार सतप्रतिशत भुक्तानी अग्रिम लगेपनि खोप दुई चरणमा दिने बुझिएको छ । पहिलो चरणमा १० लाख डोज र दोस्रोमा थप १० लाख डोज दिने सेरम इन्स्टिच्युट अफ इन्डियाले बताएको छ । नेपालको भण्डार क्षमता पनि कम भएकाले एकै पटक खोप आयात गर्दा समस्या हुने अधिकारीहरुले बताएका छन् । भारत सरकारले गत ८ माघमा १० लाख डोज अनुदानस्वरूप दिएको थियो । उक्त अनुदानको खोपबाट अहिले नेपालमा खोपसेवा सञ्चालन भइरहेको छ । कोभ्याक्स सुविधाअन्तर्गतको २२ लाख डोज खोप पनि केही दिन भित्र नेपाल आउने छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा माग सुनुवाइ नभएको भन्दै नोबेल मेडिकल कलेजका नर्सले दिए सामूहिक राजीनामा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा माग सुनुवाइ नभएको भन्दै नोबेल मेडिकल कलेजका नर्सले दिए सामूहिक राजीनामा