२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमन्त्री यादवसहित स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी आज दिल्ली जाँदै

मन्त्री यादवसहित स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी आज दिल्ली जाँदै


काठमाडौं-विश्व स्वाथ्य संगठन (डब्लुएचओ)को दक्षिण पूर्वी एशियाली राष्ट्रहरुको संगठन (सेरो)का सदस्य राष्ट्रका स्वास्थ्यमन्त्रीको बैठक भोलिदेखि नयाँ दिल्लीमा बस्ने भएको छ । जलवायु परिवर्तको स्वास्थ्यमा असर, क्षयरोगको जोखिम तथा आपतकालीन जोखिम व्यवस्थापनको क्षमता सशक्त बनाउनेलगायतका विषयमा सेरोका सदस्य राष्ट्रबीच छलफल गर्न वैठक बस्न लागेको हो ।

बैठकमा सहभागी हुन नेपालबाट उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, स्वास्थ्य सचिव डा. पुष्पा चौधरी, नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. विकास दवकोटा आज नयाँ दिल्ली जाँदैछन् ।

सो बैठकमा भारतका भारतका स्वास्थ्य तथा परिवार कल्याणमन्त्री डा. हरिषवर्धन पनि सहभागी हुँदैछन् । सेरोकी निर्देशक डा पुनम क्षेपालका अनुसार वैठकमा दादुरा उन्मुलन, पाठेघरको मुखको क्यान्सर र अन्य नसर्ने रोगबारे छलफल हुनेछ । त्यस्तै, स्वास्थ्य सेवा र विश्वव्यापी स्वास्थ्य उपचार सशक्त पार्ने विषय पनि वैठकमा छलफल गरिनेछ ।सेप्टेम्बर ६ सम्म जारी रहने वैठकमा ११ ओटै सदस्य राष्ट्रका स्वास्थमन्त्री र वरिष्ठ स्वास्थ अधिकारी तथा डब्लुएचओका अधिकारीको सहभागीता हुनेछ ।

सिंह अर्को पाँच वर्षे कार्यकालका लागि पनि क्षेत्रीय निर्देशकमा पुनः सर्वसम्मत निर्वाचित भएपछि पहिलो पटक क्षेत्रीय समितिको वैठक बस्न लागेको हो । सिंहको पहिलो कार्यकालमा दक्षिण पूर्वी एशियाको स्वास्थ क्षेत्रमा अतुलनीय उपलब्धि तथा प्रगति भएको थियो ।

दक्षिण पूर्वी एशिया क्षेत्रमा स्वास्थ्यसँग सम्बन्धित ८ ओटा मुख्य कार्यक्रम छन् । जस अन्तर्गत दादुरा उन्मुलन तथा रुबेला नियन्त्रण, नर्सेने रोगको रोकथाम, मातृ, पाँच वर्ष मुनिका बालबालिका र नवजात शिशुको मृत्यु घटाउने रहेका छन् ।

त्यस्तै, स्वास्थ्य तथा अत्यावशेकीय औषधीका लागि मानव श्रोतसाधनमा केन्द्रित विश्वव्यापी स्वाथ्य उपचार , सुक्ष्मजीबको प्रतिरोधबिरुद्ध लड्ने, आपतकालिन जोखिम व्यबस्थापनका लागि क्षमता बृद्धि, उष्ण क्षेत्रमा उपेक्षित रोगहरुको नियन्त्रण र क्षयरोग अन्त्यका लागि भइरहेका प्रयत्न तीब्र पार्ने कार्यक्रम छन् ।

क्षेत्रीय प्राथमिकता राष्ट्रसंघको दिगो विकास लक्ष्य र डब्लुएचओको ‘विश्वव्यापी तीन अर्ब’ भन्ने नारासँग मेल खान्छः विश्वव्यापी स्वास्थ्य उपचारबाट १ अर्ब बढी मानिस लाभ लिने, एक अर्ब बढी मानिस स्वास्थ्य आपतकालबाट सुरक्षित रहने र एक अर्ब मानिस राम्रो स्वाथ्य प्राप्त गर्ने विषयसँग सम्बन्धित छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ