२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारके केयुले बी एण्ड सीलाई सम्बन्धन दिइसकेको हो ?

के केयुले बी एण्ड सीलाई सम्बन्धन दिइसकेको हो ?


काठमाडौं–काठमाडौं विश्वविद्यालयले झापास्थित प्रस्तावित बी एण्ड सी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । बुधबार बसेको सिनेट बैठकले २०७३ सालमा सो कलेजले विश्वविद्यालयमा पेश गरेको निवेदनलाई प्रक्रियामा लैजान निर्णय गरेको हो ।

निवेदनलाई प्रक्रियामा लैजाने निर्णय गरेसँगै विश्वविद्यालयले अब राष्ट्रिय चिकित्सा शिक्षा आयोगलाई सो मेडिकल कलेजलाई सम्बन्धन प्रक्रियामा लैजान सकिने वा नसकिने हेर्नको लागि (‘इन्सफेक्सन’का लागि) पत्राचार गर्ने केयुका एक सिनेटरले बताए । ‘बाहिर सम्बन्धन दिएको भन्ने अफवाह फैलिएको छ,’ उनले भने, ‘सम्बन्धन दिइएको होइन । सम्बन्धन दिन मिल्ने कि नमिल्ने भनेर प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो ।’

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले केयुले के निर्णय गरेको भन्ने कुरा आफूलाई थाहा नभएको हुँदा निर्णय नहेरी नबोल्ने बताए । ‘सम्बन्धनको प्रक्रिया लामो छ,’ उनले भने, ‘के निर्णय भएको छ । हामी कहाँ आएको छैन त्यो हेरेर मात्र प्रतिक्रिया दिदा राम्रो होला ।’

केयुका उपकुलपती प्राडा भोला थापाले चिकित्सा शिक्षा ऐन आउनु अगावै यो मेडिकल कलेजले सम्बन्धनकोलागि निवेदन हालेकोले हुदा सम्बन्धन कागजात हेरेर सम्बन्धन पाउने नपाउने भन्ने अध्ययनकाे लागि प्रकृया  खुल्ला गरीएको बताए । ‘अव उहाहरुको कागजात हेर्छौ, सम्पुर्ण प्रकृया हुन्छ ।’ उनले भने ‘चिकित्सा शिक्षा आयोग छ उसले पनि धेरै प्रकृयाहरु हेर्छ ।’

के छ सम्बन्धनको प्रक्रिया

चिकित्सा शिक्षा ऐनको दफा १३ मा मेडिकल कलेजलाई सम्बन्धन दिने सम्बन्धी उल्लेख गरिएको छ । सो दफामा ऐन लागु भएको १० वर्षभित्र काठमाडौं उपत्यका भित्र नयाँ मेडिकल कलेज सम्बन्धन नदिने उल्लेख छ ।

त्यसैगरी एक विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नसक्ने पनि ऐनमा व्यवस्था छ । तर, सोही दफाको उपदफा ६ मा यसअघि सम्बन्धन पाइसकेका र मनसाय पत्र पाएर मापदण्ड पूरा गरेका काठमाडौं बाहिरका मेडिकल कलेजकाहकमा यो नियम लागु नहुने उल्लेख छ ।

आयोगले के गर्छ ?

चिकित्सा शिक्षा आयोगका एक पदाधिकारीका अनुसार बी एण्ड सीले केयुको निर्णयअनुसार आयोगमा सम्बन्धनका लागि निवेदन आउनुपर्छ । सो निवेदन हेरेर आयोगले कानुनअनुसार मापदण्ड पुगे नपुगेको हेर्छ ।

यदि आयोगलाई विश्वास लागेमा पहिलेकै९ नेपाल मेडिकल काउन्सिलले गरेको इन्सपेक्सनका आधारमा दफा १३ उपदफा ६ अनुसार बी एण्ड सीलाई केयुका शैक्षिक कार्यक्रम संचालन गर्न स्वीकृत दिन सक्छ । यदि पहिलेको इसपेक्सनमा आयोग विश्वस्त नभए नयाँ प्रक्रियाअनुसार इन्सपेक्सन गराउन पनि सक्ने कानुनी व्यवस्था रहेको छ ।

यदि ऐन र नियमावली अनुसार इन्सफेक्सन गर्दा मापदण्ड पुगेमा सिट संख्या तोकी विश्वविद्यालयका शैक्षिक कार्याक्रम दिनका लागि तोक्ने छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ