२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचार७८ जना संक्रमित थपिए, ८२ जना कोरोनामुक्त

७८ जना संक्रमित थपिए, ८२ जना कोरोनामुक्त


काठमाडौं – थप ७८ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा २ हजार ५ सय ३२ जनाको पिसिआर परीक्षण गर्दा थप ७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

यससँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार १ सय ४३ जना पुगेको छ। जसमध्ये ९ सय ६२ वटा सक्रिय केस छ।

यस्तै, पछिल्लो २४ घण्टामा ८२ संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुने संख्या २ लाख ७० हजार ४ सय ७ पुगेको मन्त्रालयले जनाएको छ।

आइतबार थप १ संक्रमितको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ