२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ७३ जनामा कोरोना पुष्टि, कोरोनामुक्त हुने दर ९८.६ प्रतिशत

थप ७३ जनामा कोरोना पुष्टि, कोरोनामुक्त हुने दर ९८.६ प्रतिशत


काठमाडौं—नेपालमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३  हजार ४९ जनाको पीसीआर परीक्षण भएकोमा थप ७३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ थपिएका कोरोना संक्रमितहरुमध्ये २९ जना महिला र ४४ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना पोजेटिभ हुनेको संख्या २ लाख ७४ हजार २ सय १६  पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ४ सय ७१  जना पुगेको छ । नेपालमा कोरोना संक्रमण निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा अहिलेसम्म मृत्यु हुने कोरोना संक्रमितको संख्या २ हजार ७ सय ७७  पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ