२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ पाटनको कार्यवाहक उपकुलपतिमा डा. राजेशनाथ, पोखरामा डा. नरेन्द्रविक्रम

पाटनको कार्यवाहक उपकुलपतिमा डा. राजेशनाथ, पोखरामा डा. नरेन्द्रविक्रम


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यवहाक उपकुलपतिको जिम्मेवारी रेक्टर प्रा. डा. राजेशनाथ गंगोललाई दिएको छ । सोमबार स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले डा. गंगोललाई कार्यबाहक उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।

कार्यबहाकको जिम्मेवारी पाएका डा. गंगोल सर्जन हुन् ।

यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपतिको पदको जिम्मेवारी डा. नरेन्द्रविक्रम गुरुङलाई दिइएको छ । उनी प्रतिष्ठानमा डिनका रुपमा कार्यरत थिए । डा. गुरुङ पनि सर्जन हुन् ।

पाटन, कर्णाली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको पदावधि आइतबार सकिएको थियो । आइतबार सकिएका तीन वटै प्रतिष्ठानमा उपकुलपतिको कार्यवहाक जिम्मेवारी दिइएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यवहाक उपकुलपतिको जिम्मेवारी डा. मंगल रावलले पाएका छन् । उनी अर्थोपेडिक सर्जन हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ