२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिला/बाल स्वास्थ्ययी भिटामिन महिलाहरुको लागि अतिआवश्यक

यी भिटामिन महिलाहरुको लागि अतिआवश्यक


सबै मानिसलाई स्वास्थ्यको लागि भिटामिन र पोषणतत्व आवश्यक हुन्छ। केहि मानिस डाइटको र फुडको माध्यमबाट भिटामिन खाने गर्छन र केहि अन्य तरिकाबाट लिने गर्छन। भिटामिनको प्रयोग जरुरी छ र यसलाई वेवास्ता गर्न मिल्दैन।

महिला हो वा पुरुष, हरेक मानिसमा पोषणको आवश्यकता फरक-फरक हुन्छ। महिलाको लागि एक उमेरमा भिटामिनको जरुरत बढी हुन्छ। पुरुषको तुलनामा महिलालाई बढी मात्रामा पोषण चाहिने गर्छ। पोषणको जरूरत कुनै पनि महिलाको जिन्दगीको फरक-फरक अवस्थामा परिवर्तन भैरहने गर्छ।

महिलाको जीवनमा पटक-पटक परिवर्तनहरु आउँछन। एक महिलाको लागि सबै प्रकारको पोषणयुक्त खानेकुरा र विविध आहार एकदम महत्त्वपूर्ण छ। एक महिला आफ्नो जीवनको विभिन्न चरणहरू जस्तै यौवन, मासिक धर्म, गर्भावस्था, प्रसूतिजस्तो प्रकियाबाट गुजिरिनुपर्छ। जसको लागि उसलाई थप भिटामिन सेवन चाहिन्छ। कुनै पनि चरणमा, स्वस्थ र गतिशील राख्न भिटामिनहरूको एक विशिष्ट समूह आवश्यक हुन्छ।

गर्भवती महिलालाई अन्य महिलाहरूको तुलनामा भिटामिनहरूको विभिन्न प्रकारको आवश्यक पर्दछ। जीवनमा यी परिवर्तनहरूका लागि, महिलालाई उचित हेरचाह र स्वस्थ आहार चाहिन्छ, जसले शरीरको लागि सबै आवश्यक पोषण प्राप्त गर्न सक्दछ।

यी भिटामिन महिलाको लागि जरुरी

भिटामिन बी ‘१२’ – यो एक महत्वपूर्ण भिटामिन हो। जुन तपाईको भोजनलाई गुलकोजमा बदल्ने काम गर्छ र शरीरमा उर्जा पैदा गर्न मद्दत मिल्छ। एक महिलालाई आफ्नो शरीरको लागि निकै उर्जा चाहिन्छ। यसको लागि योखास भिटामिनको आवश्यकता पर्छ। यसले तपाईको मेटाबोलिज्म बढाउँछ र तपाईलाई स्वस्थ र गतिशील राख्छ।

फोलिक एसिड – यदि कुनै महिला गर्भवती हुने सोचमा छिन् वा गर्भवती छिन् भने फोलिक एसिडको सेवन उनको लागि आवश्यक छ। यो गर्भवती महिलाको लागि धेरै महत्त्वपूर्ण छ। यसले न्यूरोलोजिकल समस्याहरू र कुनै पनि अन्य दीर्घकालीन रोगको जोखिम कम गर्दछ। यो भिटामिन महिला र उनको बच्चाका लागि धेरै स्वस्थ हुन्छ।

भिटामिन ‘के’ – पुरुषको तुलनामा बढी महिलाहरूको हृदयघात र अन्य हृदय रोगको कारण मृत्यु हुन्छ। भिटामिन के ले हृदय सम्बन्धि रोगहरूको जोखिम कम गर्दछ र मुटु स्वस्थ राख्छ। त्यसकारण हरेक महिलाले आफ्नो आहारमा भिटामिन के समावेश गर्नुपर्दछ। यसले हड्डीको शक्ति बढाउछ र रक्त संचार पनि सजिलो बनाउँछ।

भिटामिन डी- भिटामिन डी सबैभन्दा महत्त्वपूर्ण भिटामिनहरू मध्ये एक हो। यसले तपाईंको प्रतिरक्षा प्रणालीलाई बृद्धि गर्दछ र सुरक्षा दिन्छ। यसबाहेक यसले तपाइलाई शारीरिक र मानसिक रूपमा पनि बलियो बनाउँछ। धेरै महिलाहरु भिटामिन डीको कमीको सामना गरिरहेका छन्। भिटामिन डीको अभावले हृदय रोग, क्यान्सर, मधुमेह र दमको जोखिम पनि बढाउन सक्छ। स्वस्थ हुन, महिलाले दिनहुँ अधिक भिटामिन डी सेवन गर्नुपर्छ।

-एजेन्सी


क्याटेगोरी : समाचार, महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ