२०८० मंसीर १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकिन राेकियाे यी ६ देशमा एस्ट्राजेनेकाको खाेप ?

किन राेकियाे यी ६ देशमा एस्ट्राजेनेकाको खाेप ?


डेनमार्क, इटाली, र नर्वेले एस्ट्राजेनेकाको कोरोना खोपमाथि रोक लगाएको छ । उक्त खोप लगाउने व्यक्तिहरुमा रगत जमेको पाइएपछि अस्थाई रोक लगाएको एफपीले जनाएको छ ।

विश्वको कयौं देशमा एस्ट्राजेनेकाको कोरोना खोपलाई लिएर प्रश्न उठिरहेको छ। एफपीका अनुसार यसको साइड इफेक्टको जाँच पनि भैरहेको छ ।

तर यता, यूरोपीयन मेडिसिन एजेन्नेसीले भने पटक-पटक एस्ट्राजेनेका कै खोपले बिरामी परेको र रगत जमेको हो भन्ने कुनै पनि संकेत हालसम्म नमिलेको दावी गर्दै आएको छ। मार्च ९सम्म मात्रै युरोपमा खोप लगाउने ३ मिलियन व्यक्ति मध्ये २२ वटा रगत जमेको केस देखिएको छ।

गएको सोमबार अस्ट्रियाले ४९ वर्षीया नर्सको मृत्यु भएपछि एस्ट्राजेनेकाको खोपको प्रयोग रोक लगाइएको छ। मृत्युपछि आएको रिपोर्टमा केहि दिन अघि नर्सको मृत्यु हुँदा रगत जमेको कारण भएको पुष्टि भएको छ। यसबारे डेनमार्कको हेल्थ अथ्योरीटीले स्पष्टिकरण दिँदै भन्यो, ‘अहिले यसको पुष्टि भैसकको छैन र रगत जमेको केसलाई लिएर जाँच भैरहेको छ।’

यस्तै, डेनमार्क, इटाली र नर्वे सहित अन्य यूरोपीय देश एस्टोनिया, लातभिया, लिथुआनिया र लक्जमबर्गले पनि कोरोना भ्याक्सिनको प्रयोगमाथि रोक लगाएको थियो। डेनमार्क हेल्थ अथ्योरिटीका निर्देशक सोरेन ब्रोसट्रोमले एक बयानमा भने, ‘हामीले उक्त खोपलाई अस्विकार गरेका हैनौं केहि समयको लागि रोक मात्र लगाएका हौँ।’

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ