२०८१ चैत्र ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ४८ जनामा कोरोना संक्रमण पुष्टि

थप ४८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं—नेपालमा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा  थप ४८  जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७५ हजार १ सय १८  पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार १ सय ७७ पुगेको छ । नेपालमा संक्रमणमुक्त हुनेको दर ९८.६ प्रतिशत रहेको छ ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ३ हजार १२ जनाको निधन भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ