२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ इशान अस्पतालमा पहिलोपटक दुरबिन प्रविधिबाट सफल शल्यक्रिया

इशान अस्पतालमा पहिलोपटक दुरबिन प्रविधिबाट सफल शल्यक्रिया


काठमाडौँ– इशान बाल तथा महिला अस्पतालमा पहिलोपटक दुरबिन प्रविधि(ल्याप्रोस्कापी)मेसिनबाट ४ वर्षीय बालकको सफल शल्यक्रिया भएको छ । उक्त अस्पतालले बालकको अण्डकोष दाहिने पेटमा भएकोले ल्याप्रोस्कोपी मेसिनको  माध्यमबाट शल्यक्रिया गराउन सफल भएको हो।

अस्पतालले आइतबार विज्ञप्ति जारी गरी गत फागुन २८ गते सो बालकको दाहिने पेटमा रहेको अण्डकोषको ल्याप्रोस्कोपी माध्यमबाट सफलतापुर्वक दाहिने अण्डकोषको थौलोमा नै राखिएको उल्लेख गरेको छ।

प्रा.डा.रामानन्द प्रसाद (आरपि) चौधरी, डा निरपेक्ष राज भण्डारी, डा संञ्जय कुमार शाह, र एनेस्थेसिया चिकित्सक डा. छन्द बहादुर बुढाथोकी लगायत नर्सिङ टोलीलगायतको संलग्नातामा सो शल्यक्रिया सम्पन्न भएको हो । उक्त बालकलाई शल्यक्रिया गरेको भोलिपल्ट नै डिस्चार्ज गरिसकेको अस्पतालको भनाई छ ।

ल्याप्रोस्कोपी दूरबिन एवम् डिजिटल मेसिनको सहायताबाट शल्यक्रिया गरिने उपचार पद्वति हो । यसका लागि शरीर नचिरीकन नै पेटमा स–साना प्वाल बनाई दूरबिनको माध्यमबाटै सम्पन्न गरिन्छ ।

अस्पतालले आउँदो दिनहरुमा १८ वर्षसम्मका बालबालिकाको जटिल अप्रेशन ल्याप्रोस्कोपीबाट नै गरिने जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ