२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यचीनको शर्त : हाम्रो खोप लगाउनेलाई मात्र दिन्छौं भिसा

चीनको शर्त : हाम्रो खोप लगाउनेलाई मात्र दिन्छौं भिसा


कोरोना महामारीका कारण विदेशीहरूलाई हाल चीन जानको लागि प्रतिबन्ध लगाइएको छ। तर अब चाँडै सो प्रतिबन्ध हट्ने भएको छ  । चीनले एक सूचना जारी गरी चाँडै विदेशी नागरिकहरुका लागि प्रवेश दिने जनाएको छ।

यद्यपि, चीनले यसका लागि केही शर्तहरू राखेको छ। शर्तअनुसार चीनले विकास गरेको खोप लगाउने व्यक्तिलाई  मात्र चीनमा प्रवेशको लागि सजिलै भिसा दिइनेछ।

चीनको दूतावासले धेरै देशहरूमा भिसासम्बन्धि सूचना जारी गरेको छ। जसमा स्पष्टरुपले चिनियाँ निर्मित खोप लगाएका व्यक्तिलाई भिसा दिने प्रक्रिया सुरु गरिनेछ। अमेरिकामा पनि चिनियाँ दूतावासले यस्तै विज्ञप्ति जारी गरेको छ। नियमअनुसार भिसा अप्लाई गर्नु १४ दिनअघि खोप लगाउन पर्नेछ।

अहिले चीनले ४ भ्याक्सिनलाई आपतकालीन अनुमति दिएको छ।

चीनले आफ्नो खोप टर्की, इन्डोनेसिया र कम्बोडिया जस्ता देशहरूमा पठाएको छ। चिनियाँ राजदूतले संयुक्त राष्ट्रसङ्घको शान्ति सेनाका लागि कोभिड-१९को ३ लाख डोज दिने योजना रहेको उल्लेख गरेका छन्।

-एजेन्सी


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ