२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशयुनाइटेड रेफरेन्स ल्याबोरेटरीको शाखा विस्तार

युनाइटेड रेफरेन्स ल्याबोरेटरीको शाखा विस्तार


पोखरा – युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले ८ तल्ले वालिङमा शाखा खोलेको छ । स्याङ्जाका वालिङ आसपासका ठाउँका जनतालाई स्वास्थ्य सेवा लिन सहज होस् भन्ने उद्देश्यले शाखा बिस्तार गरिएको युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए ।

युआरएल प्रदेशकै पहिलो रेफरेन्स ल्याब भएको र प्रयोगशालासम्बन्धी प्रदेशभर  नै सुविधा दिन शाखा बिस्तारमा लागेको अध्यक्ष पन्तले बताए । तथापि नयाँँवर्षमा पोखरा हस्पिटलचोकमा शाखा स्थापना गरेपश्चात् शाखाहरुको सेवा र गुणस्तरीयतामा ध्यान दिइने र तत्काल शाखा खोल्ने योजना नभएको उनले स्पष्ट पारे ।

युआरएलको पोखरा न्युरोडमा प्रधान कार्यालय छ । २०७० सालमा स्थापना भएको युआरएलले यसअघि तनहुँको दमौली, दुलेगौंडा र लमजुङको बेंसीसहरमा शाखा सञ्चालन गरिसकेको छ ।

शाखा नै नभए पनि बागलुङमा आधिकारिक कलेक्सन सेन्टर भने रहेको पन्त बताउँछन् । २०७८ साल वैशाख १ गते पोखरा स्वास्थ्य प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नजिक हस्पिटल चोकमा शाखा खोल्ने गरी काममा तीव्रता दिइएको अध्यक्ष पन्तले जानकारी दिए ।

‘हस्पिटल चोकमा स्थापना हुने शाखाबाट चौबिसै घन्टा गुणस्तरीय ल्याब सेवा दिने उद्देश्यले धेरै कर्मचारी र लगानीसहित ठूलो क्षमताको बनाउने छौं,’उनले भने,‘यो व्यावसायिक दृष्टिकोणमात्र नभई सामाजिक उत्तरदायित्वको विषय पनि हो ।’ हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा हुनेछ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ