२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालय भन्छ—कर्मचारी समायोजन मिलानको जानकारी इमेलमार्फत

स्वास्थ्य मन्त्रालय भन्छ—कर्मचारी समायोजन मिलानको जानकारी इमेलमार्फत


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन मिलानबारे जानकारी इमेलमार्फत दिने जनाएको छ । मन्त्रालयले समायोजन मिलानबारे कुनै पनि माध्यमबाट मन्त्रालयमा सम्पर्क नगर्न भनेको छ ।

मन्त्रालयले एक सुचना प्रकाशित गर्दै उसले समायोजन मिलानको काम भइरहेकाले चाडै सम्बन्धित कर्मचारीको इमेलमार्फत जानकारी गराइने जनाएको छ ।

‘रितपूर्वक प्राप्त हुन आएका निवेदन उपर कारवाही भइरहेको र सो को जानकारी सम्बन्धित कर्मचारीको इमेलमार्फत जानकारी गराइने हुँदा समायोजन मिलान प्रयोजनका लागि कुनै पनि माध्यमबाट मन्त्रालयमा सम्पर्क गर्न जरुरी नभएको ब्यवहोरा यसै सूचनार्फत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

स्वास्थ्य सेवाका कर्मचारीलाई मन्त्रालयले समायोजन मिलान सम्बन्धि व्यवस्था २०७० बमोजिम १ फागुनदेखि फागुन मसान्तसम्म अनलाइन मार्फत आवेदन माग गरेको थियो । उक्त आवेदनमाथि मन्त्रालयले काम अगाडि बढाइरहेको छ ।

यो पनि पढ्नुस

२ हजार स्वास्थ्यका कर्मचारीले हाले समायोजन मिलानको आवेदन, पहिलो लिष्ट यही हप्ता आउने


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ