२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ९४ जनामा कोरोना पुष्टि

नेपालमा थप ९४ जनामा कोरोना पुष्टि


काठमाडौं—नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा  थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७५ हजार ५ सय १८  पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५५  जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ५  सय ५० पुगेको छ । नेपालमा संक्रमणमुक्त हुनेको दर ९८.६ प्रतिशत रहेको छ ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ३ हजार १४ जनाको निधन भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ