२०८० मंसीर १८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकांग्रेस नेता जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने

कांग्रेस नेता जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने

स्वास्थ्य अवस्था बुझ्न उपप्रधानमन्त्री पोखरेल अस्पताल पुगे


काठमाडौं—नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको स्वास्थ्य अवस्था बुझ्दै परिवारका सदस्यहरुलाई यस्तो जानकारी गराएका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले बिहान साढे ९ बजे नर्भिक अस्पतालमा आएर कांग्रेस नेता जोशीको पछिल्लो स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए । सो क्रममा उनले जोशीको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरेका थिए ।

पोखरेललाई नर्भिक अस्पतालका चिकित्सकहरुले जोशीको पछिल्लो स्वास्थ्य अवस्थाको विषयमा अपडेट गराएका थिए । पोखरेल १५ मिनेट जति अस्पतालमा बसेर फर्किएका थिए ।

१४ फागुनमा मष्तिष्कघात भएर नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । उपचार सुरु भएको केही दिनपछि उनको अवस्थामा सुधार देखिएसँगै भेन्टिलेटरबाट बाहिर निकालिएको थियो ।

तर, त्यसको केही दिनपछि स्वास्थ्य अवस्था फेरि बिग्रिएपछि पुनः भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको छ । जोशीको अहिलेको अवस्था गम्भीर रहेको र उनी कोमामा रहेका उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ