२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ कोभिडलाई लिएर सतर्कता नअपनाए पुनः भयावहस्थिति उत्पन्न हुने : चिकित्सक संघ

कोभिडलाई लिएर सतर्कता नअपनाए पुनः भयावहस्थिति उत्पन्न हुने : चिकित्सक संघ


काठमाडौँ – कोभिड-१९ महामारी पुन: विभिन्न राष्ट्रमा देखिरहँदा सर्वसाधारणमा सचेतना न्यून हुँदै गएकोप्रति नेपाल चिकित्सक संघ, नारायणी शाखा, वीरगन्जले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार विज्ञप्ति जारी गरी संघले महामारीलाई लिएर सर्वसाधारणको सचेतनामा कमि हुनुको साथै सबन्धित निकायहरुको दायित्व बोधमा पनि कमि देखिएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो।

संघले विभिन्न मुलक र शहरमा पुन : लकडाउन भैरहेकोले सम्बन्धित सरोकारवाला निकाय तथा सर्वसाधारणहरु प्रति सचेत तथा जागरुक हुन अपिल गरेको छ। संघले चेतावनी दिँदै भन्यो, ‘आँउदो चाँडपर्वमा सतर्कता नअपनाए पुनः भयावहस्थिति उत्पन्न हुन सक्ने सम्भावना प्रवल रुपमा देखिएको छ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ