काठमाडौं—नेपालले भारतीय कम्पनीले बनाएको कोरोना विरुद्धको खोप ‘कोभ्याक्सिन’लाई नेपालमा आपत्तकालीन प्रयोग अनुमति दिएको छ । शुक्रबार औषधि व्यवस्था विभागले भारतीय कम्पनी भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिनलाई आपतकालीन प्रयोग अनुमित दिएको हो ।
औषधि व्यवस्था विभागकाअनुसार भारत बायोटेकले भारतका २६ हजार नागरिकमा तेस्रो चरणको ट्रायल पनि पूरा गरेको गरिएको विवरण पेश गरेपछि उक्त खोपलाई नेपालमा अनुमति दिइएको हो ।
यसअघि भारत बायोटेकको उक्त खोप नेपालमा पनि परीक्षण गरेको गलत सूचना चुहाएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि लगाएको यो खोप ८१ प्रतिशत प्रभावकारी रहेको दावी कम्पनीले गर्दै आएको छ ।
यो खोपलाई आपतकालीन प्रयोगको अनुमति दिने नेपाल तेस्रो देश हो । यसअघि यो खोपलाई भारत र जिम्बावेले आपतकालीन प्रयोगका लागि अनुमति दिएका थिए ।
यसअघि नेपालमा अक्सफोर्ड—एस्ट्राजेनेकाले विकास गरेको खोप ‘कोभिशिल्ड’ अभियानकै रुपमा चलाइएको छ । उक्त खोप भारतको सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको हो ।
सरकारले चीनको सिनोफार्मले उत्पादन गरेको कोभिड—१९ विरुद्धको भ्याक्सिन‘सिनोभ्याक’लाई पनि परीक्षणको अनुमित दिइसकेको छ ।