गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ कास्कीको माछापुच्छ्रे गाउँपालिकाका सबै सेवा बन्द, वडा नम्बर ४ सिल गरियो कास्कीको माछापुच्छ्रे गाउँपालिकाका सबै सेवा बन्द, वडा नम्बर ४ सिल गरियो सुनील सापकोटा आईतबार, २०७७ चैत्र १५ गते, ११:०४ मा प्रकाशित पोखरा-कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाका सबै सेवा १ हप्ताका लागि बन्द गरिएको छ । गाउँपालिकामा कोरोना संक्रमित ह्वात्तै बढेपछि सतर्कता अपनाउँदै गाउँपालिका कार्यालय बन्द गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए । चैत १३ देखि १८ गतेसम्म गाउँपालिकाले दिने सबै प्रकारका सेवा बन्द हुनेछन् । गाउँपालिकाको वडा नं ४ भने सिल गरिएको माछापुच्छ्रे ४ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता पूर्णबहादुर शाहीले जानकारी दिए । वडाध्यक्ष शाहीकाअनुसार कार्यालयबाट सेवा प्रदान गरिँदा संक्रमणको खतरा रहेकाले सेवा बन्द गरिएको हो । माछापुच्छ्रे ४ लाहाचोकस्थित सभ्य समता बचत तथा सहकारीबाट अवलोकन भ्रमणमा गएका १३ जनामा कोरोना पुष्टि भएपछि वडा सिल गरिएको हो । संक्रमितका सम्पर्कमा आएकाहरुको समेत नमुना संकलन गरी जाँच गरिरहेको उनले बताए । बिहीबारसम्म पोखरास्थित इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका ७६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा शुक्रबार २९ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… धेरै पढिएका १ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता २ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ कसरी गर्ने छालाको हेरचाह ? ५ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ छालालाई घामबाट जोगाउने ७ सरल उपाय दाँत र मुखको स्वास्थ्य र यसको महत्व पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता छालालाई घामबाट जोगाउने ७ सरल उपाय दाँत र मुखको स्वास्थ्य र यसको महत्व पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता