२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीका २ जिल्ला अति प्रभावित, कास्की प्रजिअ भन्छन्, ‘अवस्था हेरी निर्णय लिन्छौं’

गण्डकीका २ जिल्ला अति प्रभावित, कास्की प्रजिअ भन्छन्, ‘अवस्था हेरी निर्णय लिन्छौं’


पोखरा—गत वर्ष एसईईका बेला लडडाउन गरेपछि वर्षभरिको मेहनत खेर गएको विद्यार्थी, अभिभावकले बताएका थिए । यस वर्ष पनि कतै एसईई परीक्षा प्रभावित हुने त होइन भन्ने आशंका सुरु भएको छ ।

कास्कीका केही विद्यालयका विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि जोखिम चुलिएको आँकलन गर्न थालिएको छ । कोभिड–१९ युके भेरियन्ट भनिएको दोस्रो लहरको संक्रमण साना बालबालिकामा देखिएको छ । यसैबीच कोरोना त्रास बढेपनि नियमित कामकाज बन्द गर्नु नै विकल्प होइन् भन्ने आम नागरिकका तर्क सुरु भएका छन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार काठमाडौं उपत्यकासहित १४ जिल्लालाई कोरोना अति प्रभावित जिल्ला घोषणा गरी भिडभाड नहुने गरी काम गर्न आह्वान ग¥यो । त्यो सूचीमा गण्डकी प्रदेशका कास्की र बागलुङ परेका छन् ।

अति प्रभावित जिल्लामा बढी भिडभाड हुने काम वा सेवा क्षेत्रमा नजान अपील गरिएको छ । रेस्टुरेन्ट तथा क्लबहरू, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन, बैठक तथा भेलाहरू, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलमा सहभागी नहुन विज्ञप्तिमा अपील गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले अति प्रभावित क्षेत्रमा विद्यालय नजानू भनेपछि विद्यालय जाने वा नजाने भन्ने अन्योलमा विद्यार्थी र अभिभावक छन् । प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदी र एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी विद्यालय बन्द गर्नु उपयुक्त विकल्प नभएको बताउँछन् ।

एनप्याब्सन अध्यक्ष अधिकारी के कसरी विद्यार्थीलाई विद्यालय पु¥याउन सकिन्छ, त्यसतर्फ विचार पु¥याउनुपर्ने तर्क गर्छन् । स्वास्थ्य मन्त्रालयको अपील गैरजिम्मेवार भएको अध्यक्ष सुवेदी बताउँछन् । यसअघि गण्डकी स्वास्थ्य निर्देशनालय र पोखरा शिक्षा शाखाको छलफलमा परीक्षा सञ्चालनमा समस्या नहुने तर विद्यार्थी संख्याका आधारमा समस्या भएमा वैकल्पिक उपाय अवलम्बन गर्नेबारे छलफल भएको उनको भनाइ छ । उनी भन्छन्, ‘सरकार पिसिआर जाँच बढाएर पत्ता लगाउनेभन्दा पनि ठप्प पारेर काम गरेको देखाउनतर्फ लागेको छ ।’ अहिलेको अवस्थामा विद्यालय बन्द नहुने तर कोरोना संक्रमण देखिएका विद्यालयले वैकल्पिक उपाय अपनाउने गरी कुरा अघि बढाएको उनले बताए ।

युके भेरियन्ट भनिएको दोस्रो लहरको प्रभाव बालबालिकामा बढी देखिएको छ । कास्कीमा ११ वर्षमुनिका २७ जना विद्यार्थीमा कोभिड—१९ पुष्टि भएको छ । गत साता स्वाब संकलन गरी काठमाडौं पठाइएका १७४ नमुनामध्ये १०४ मा युके भेरियन्ट पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशक विनोद बिन्दु शर्मा सरकारको अपील स्वभाविक र परिस्थितिअनुकूल भएको तर्क गर्छन् । बालबालिकाको माध्यमबाट ठूला मानिसलाई पनि संक्रमणको जोखिम रहने भएकाले विद्यालय, बैंक, सपिङ मललगायत भिडभाड हुने स्थानमा नजान गरेको अपीलले कोरोनाबाट बच्न सघाउने उनको भनाइ छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम कोरोना जोखिम बढेको भएपनि तत्काल बन्द गर्ने सोच नभएको बताउँछन् । अझै जोखिम बढ्दै गएको अवस्थामा बन्दसम्मको निर्णय सकिने उनले संकेत गरे ।

लामो समयको लकडाउनपछि बिस्तारै उठ्दै गरेको अर्थतन्त्र फेरि धराशायी हुनेतर्फ व्यवसायीको पनि चिन्ता सुरु भएको छ । गण्डकी प्रदेशमा करिब १७ हजार संक्रमितको संख्या पुगेको छ भने २०७ जनाको कोरोनाकै कारण ज्यान गएको तथ्यांक छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ