२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना देखिएका विद्यालय एक साता बन्द गराउन काठमाडाैं महानगरको पत्र

कोरोना देखिएका विद्यालय एक साता बन्द गराउन काठमाडाैं महानगरको पत्र


काठमाडौँ – काठमाडौँ महानगरपालिकाले कुनै पनि विद्यालयमा शिक्षक, विद्यार्थीमा कोरोना संक्रमण पाइएमा उक्त विद्यालय एक साता बन्द गराउन अनुरोध गरेको छ।

महानगरपालिकाले मेयरस्तरीय बैठकले शुक्रबार  विद्यालयहरूलाई पत्र पठाउँदैं  बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै विद्यालयका शिक्षक, विद्यार्थीमा संक्रमण पाइएमा अर्को सूचना नभएसम्म कम्तिमा एक साता स्कुल बन्द गर्न विद्यालयहरुलाई अनुरोध गरेको हो।

सूचनामा उल्लेख भएअनुसार कोरोना संक्रमण देखिएमा स्कुल बन्द गरी वैकल्पिक माध्यमबाट पढाउन सकिनेछ।

यस्तै, संक्रमणको केस नदेखिएको विद्यालयले भने स्वास्थ्यका मापदण्ड पालना गरेर अभिवभावकको सहमतिमा मात्र विद्यालयमा संचालन ल्याउन महानगरपालिकाले जनाएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ