२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्रीले खोजे कोभिड नियन्त्रणमा सर्वपक्षीय सहयोग

प्रधानमन्त्रीले खोजे कोभिड नियन्त्रणमा सर्वपक्षीय सहयोग


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलसँग कोभिड–१९ नियन्त्रणका लागि सहयोग मागेका छन् । भारतमा कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै नेपालमा पनि कोभिड बढिरहेको छ ।

यसै सन्दर्भमा शनिबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले कोभिड नियन्त्रणका लागि सरकारलाई सबै दलहरुले सहयोग गर्न अनुरोध गरेका हुन् ।

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकमा बढ्दो कोरोना महामारीको प्रतिकार्य कसरी गर्ने, यसको रोकथाम र के कस्ता उपायहरु अवलम्ब गर्ने भन्ने विषयमा छलफल भएको बताए ।

बैठकमा सहभागी नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले बैठकमा तीन वटा विषयमा प्रवेश गराएको बताए । उनले सर्वदलीय बैठकमा प्रधानमन्त्री कोभिडका विषयमा के गर्ने भनेर विषय राखेको बताए । रिक्त निर्वाचन क्षेत्र र एमसीसीको विषयमा छलफल भएको उनको भनाइ थियो । उनले प्रधानमन्त्रीले यी सबै विषयमा राष्ट्रिय सहमति बनाउन आग्रह गरेको उल्लेख गरे ।

‘हामीले कोभिडका विषयमा सरकार अलि गम्भीर हुनुपर्यो । लकडाउनतिर जानुभन्दा रोकथामतिर जानुपर्छ भनेर कुरा राख्यौ,’ पौडेलले भने, ‘कोभिडको निवारण, रोकथाम र उपचारका लागि सरकारलले आइसोलेसन बढाएर राख्नुपर्छ । रोकथामका विधिहरुमा पूरा ध्यान दिएर सरकारले जनतालाई सचेत गराउनुपर्छ । लकडाउन नै गर्ने कुरा ठीक हुँदैन भनेर कुरा राख्यौं ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ