२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा ८४३ जना कोरोना संक्रमित थपिए

नेपालमा ८४३ जना कोरोना संक्रमित थपिए


काठमाडौं-नेपालमा ८४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरी ८४३ जना संक्रमित थपिएका हुन् ।

६ हजार ४ जनाको स्वाब परीक्षण गर्दा यति संख्यामा संक्रमित थपिएका हुन् । केही दिन यता नेपालमा पनि कोभिड १९ को संक्रमण तीब्र बनिरहेको छ । यससँगै नेपालमा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ८३ हजार ६ सय ५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालका कोभिड १९ को संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ । नेपालमा निको हुने दर ९७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएका कोरोना संक्रमितको संख्या ५ रहेको छ भने पछिल्लो २४ घण्टामा २ जनाको संक्रमित मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ७५ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ