२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसीसीएमसी बैठक सम्पन्नः कोरोना रोकथामका विषयमा छलफल

सीसीएमसी बैठक सम्पन्नः कोरोना रोकथामका विषयमा छलफल


काठमाडौं-उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक सकिएको छ । काठमाडौं उपत्यकालगायत मुख्य सहरहरुमा कोभिड १९ संक्रमण तीब्र बनिरहेका बेला बसेको सीसीएमसीको बैठकलाई महत्वका साथ हेरिएको थियो ।

तर, सीसीएमसीको शनिबार सिंहदरबारमा बसेको बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि विविध विषयमा छलफल गरेको छ ।

‘सीसीएमसीको बैठक सम्पन्न भएको छ । बैठकमा कोरोना रोकथाम र नियन्त्रणका लागि विविध विषयमा छलफल भयो,’ उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले लेखेका छन्, ‘ठोस निर्णय केही भएको छैन ।’

सीसीएमसीको बैठकले विद्यालयहरु कोभिड १९ संक्रमणको केन्द्र बन्ने चिन्ता प्रकट भइरहेका बेला सो विषयमा केही निर्णय लिने अपेक्षा गरिएको थियो ।

काठमाडौंलगायतका ६ जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय माथि पुगेको छ भने अन्य १० वटा जिल्लामा ५० भन्दा बढी सक्रिय संक्रमितको संख्या रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ