२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार४१७ जना स्वास्थ्यका कर्मचारीको समायोजन मिलान [सूचीसहित]

४१७ जना स्वास्थ्यका कर्मचारीको समायोजन मिलान [सूचीसहित]


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजन मिलानको दोस्रो सूची सार्वजनिक गरेको छ । दोस्रो सूचीमा ४१७ जना कर्मचारीको समायोजन मिलान गरिएको मन्त्रालयले जनाएको छ ।

समायोजन मिलानका लागि २ हजार ४ सय कर्मचारीले निवेदन पेश गरेका थिए । जसमध्य यसअघि १ हजार ५ सय २० जना स्वास्थ्य कर्मचारी समायोजन भएको थियो।

दोस्रो चरणको समायोजन मिलानमा ४१७ जनाको समायोजन भएसँगै अब १ हजार ९ सय ३७ कर्मचारीको समायोजन मिलान भएको छ । अब ४ सय ६३ जना स्वास्थ्यका कर्मचारीको समायोजन मिलान हुन बाँकी छ ।

सरकारले यसपटक कर्मचारी समायोजन तथा मिलान सम्बन्धी नयाँ मापदण्ड ल्याएको छ। मापदण्डअनुसार प्रदेश र स्थानीय तहको सहमतिअनुसार कर्मचारीहरु एक प्रदेशबाट अर्को प्रदेश, प्रदेशबाट स्थानीय तह र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समायोजन तथा मिलान गर्न सकिने व्यवस्था गरेको हो ।

यस्तै, मन्त्रालयले पेश भएका केहि निवेदन सहि ढाँचाको नपाइएको भन्दै समायोजन नभएका, भएका र मिलान गर्न चाहने कर्मचारीसँग १ फागुनबाट निवेदन माग गरिसकेकामा म्याद थप गरेर फागुन मसान्त पुर्‍याइएको थियो ।

समायोजन मिलान सूची हेर्नुहोस


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ