२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा एकैपटक थपिए एक हजारभन्दा बढी कोरोना संक्रमित

नेपालमा एकैपटक थपिए एक हजारभन्दा बढी कोरोना संक्रमित


काठमाडौं – नेपालमा एकैपटक १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरी ५ हजार ८४ वटा नमुना परीक्षण गर्दा १ हजार ९६ संक्रमण पुष्टि भएको हो ।

देशभर गरेर हाल सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९० रहेको छ।

केही दिन यता नेपालमा पनि कोभिड १९ को संक्रमण तीब्र बनिरहेको छ । काठमाडौँ उपत्यकामा मात्र ४ सय ३५ जना संक्रमित थपिएका छन् । जसमध्ये भक्तपुरमा ४५, ललितपुरमा ६४ जना र सबैभ्न्दा बढी काठमाडौँ  ३ सय २६ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा २ सय ६२ जना संक्रमित निको भएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल १ सय १६ जना संक्रमित आइसीयुमा  र ४६ जना संक्रमितको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

यस्तै, एकैदिन ४ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा ज्यान गुमाउने संक्रमितको संख्या ३ हजार ८३ पुगेको छ ।

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ