२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल पेडियाट्रिक सोसाइटीद्वारा बालबालिकालाई भर्चुअल माध्यमबाट अध्यापन गराउन आग्रह

नेपाल पेडियाट्रिक सोसाइटीद्वारा बालबालिकालाई भर्चुअल माध्यमबाट अध्यापन गराउन आग्रह


काठमाडौं—नेपाल पेडियाट्रिक सोसाइटीले बालबालिकालाई भर्चुअल माध्यमबाट अध्यापन गराउन आग्रह गरेको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै बाल चिकित्सकहरुको संगठन रहेको सोसाइटीले कोरोना द्रुत गतिमा फैलिरहेकाले स्वास्थ्य मापदण्ड पूरा हुने अवस्था भएमात्र बालबालिकालाई विद्यालय वा कलेज पठाउन अनुरोध गरेको छ ।

यस्तै, समाजले बालबालिकाहरुलाई भिडभाड वा बाहिर नलान र लग्नैपर्ने अवस्थामा आएमा मास्क, सामाजिक दूरी र स्यानिटाइजरको प्रयोग गर्न भनेको छ । उसले कोभिड—१९ का खोप र अन्य खोपहरु नियमित लगाउन, बालबालिकालाई कुनै स्वास्थ्य समस्या देखिएमा चिकित्सक कहाँ जान पनि आग्रह गरेको छ ।

कोभिड—१९ को दोस्रो लहरमा वयस्क र बालबालिकालाई पनि संक्रमण देखिएको भन्दैं समाजले चिन्ता व्यक्त गरेको छ । सोसाइटीका अध्यक्ष डा. कृष्णकुमार विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाल नेपालमा युके भेरियन्ट, डबल म्युटेट भेरियन्टहरु भेटिएका छन् । यो भेरियन्टहरु पहिलाको स्वरुपभन्दा बढी छिटो फैलिनुका साथै बालबालिका र युवाहरुमा बढी संक्रमण भएको पाइएको छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ