२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबैशाख महिनाभर विद्यालय बन्द गर्ने सरकारको निर्णय

बैशाख महिनाभर विद्यालय बन्द गर्ने सरकारको निर्णय


काठमाडौं—सरकारले बैशाख महिनाभर संक्रमणको जोखिम बढेका जिल्लाका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड—१९ संक्रमणको जोखिम उच्च रहेको भन्दै बैशाख महिनाभर कोरोनाको उच्च जोखिम रहेका जिल्लाका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले जिल्लास्थित डिसीसीएमसीको सिफारिस बमोजिम विद्यालय बन्द हुनेछन् । भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गरिनेछ ।

यस्तै, सरकारले पार्टी प्यालेस, सिनेमा हल, जिमखाना र रात्रीकालीन व्यवसाय पनि बैशाख मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय समेत गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ बैशाखमा काठमाडौंसहित १४ जिल्लालाई अति प्रभावित जिल्लामा राखेको छ । जसमा ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चिवतन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ रहेका छन् ।

जसमध्ये बाँके, रुपन्देही, कास्की, पर्सा, काठमाडौं, ललितपुरमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय बढी छ । स्वास्थ्य मन्त्रालयले २ सय बढी सक्रिय संक्रमित रहेका जिल्लालाई रेड जोनमा राखेको छ ।

कोभिड—१९ नियन्त्रणका लागि सरकारले विस्तृत आदेश जारी गर्न लागेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ