२०८३ असोज २६, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइंदै

५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइंदै


काठमाडौं – देशभर ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइंदै छ । सोमबार र मंगलबार ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमअन्तर्गत सरकारले बालबालिकालाई भिटामिन ए र जुकाको औषधिसँगै खुवाउन लागिएको स्वास्थ्य सेवा विभागले जनाएको हो।

विभागका अनुसार कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड पालना गरी कार्यक्रम सञ्चालन गर्न विभागले सबै प्रदेशलाई अनुरोध समेत गरिसकेको छ।

भिटामिन ‘ए’ खुवाउने केन्द्रमा प्रति घण्टा १० जनामात्र बालबालिका उपस्थित हुने गरी व्यवस्था गर्नुपर्ने र हरेक व्यक्तिको बीचमा कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गर्न विभागले अनुरोध गरेको छ।

यसको साथै कोरोनाको लक्षण देखिएका बालबालिकालाई भने घरमा नै पुगेर भिटामिन ए क्याप्सुल, जुकाको औषधि, बालभिटा दिइने सरकारले व्यवस्था गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ