२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना संक्रमणबाट २० वर्षीया स्टाफ नर्सको निधन

कोरोना संक्रमणबाट २० वर्षीया स्टाफ नर्सको निधन


नेपालगन्ज – कोरोना संक्रमणबाट एक स्टाफ नर्सको निधन भएको छ। सोमबार बिहान भेरी अस्पताल नेपालगन्जमा दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २० वर्षीया स्टाफ नर्सको निधन भएको हो ।

अस्पतालका मेडिकल सुपरिडेन्ट प्रकाश थापाकाअनुसार मृतक नर्स ६ दिनदेखि अस्पतालमा उपचाररत थिइन्।

‘बैशाख १ गते उहाँलाई उपचारका ल्याइएको थियो,’ डा. थापाले भने, ‘भेन्टिलेटर राखेर उपचार गरिरहेका थियौं । तर, आज विहान ११ बजे उहाँको निधन भयो । बचाउन सकिएन ।’

उनलाई दाङमा कोरोना संक्रमण देखिएर असहज भएपछि उपचारका लागि भेरी अस्पताल ल्याइएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ