२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौँका ५०५ सहित थप १२८९मा कोरोना संक्रमण

काठमाडौँका ५०५ सहित थप १२८९मा कोरोना संक्रमण


काठमाडौं – नेपालमा एकैपटक १ हजार २ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरी ७ हजार ५ सय ४८  वटा नमुना परीक्षण गर्दा १ हजार २ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो ।

केही दिन यता नेपालमा पनि कोभिड १९ को संक्रमण तीब्र बनिरहेको छ । काठमाडौँ उपत्यकामा मात्र ६ सय ३४ जना संक्रमित थपिएका छन् । जसमध्ये भक्तपुरमा ३२, ललितपुरमा ९७  जना र सबैभन्दा बढी काठमाडौँ ५  सय ५  जनामा कोरोना पुष्टि भएको हो ।

यससंगै नेपालमा संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २ सय ५५  जना संक्रमित निको भएका छन् । यससँगै कोरोनामुक्त हुने संख्या २ लाख ७५ हजार ५ सय ५५ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १  जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा ज्यान गुमाउने संक्रमितको संख्या ३ हजार ९१ पुगेको छ ।

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ