२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअस्पतालमा काम गरिरहेकासहित ७ ‘नक्कली’ सर्टिफिकेटधारी डाक्टर पक्राउ

अस्पतालमा काम गरिरहेकासहित ७ ‘नक्कली’ सर्टिफिकेटधारी डाक्टर पक्राउ


काठमाडौं—विभिन्न अस्पतालमा काम गरिरहेका ७ जना नक्कली प्रमाणपत्रधारी डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विभिन्न अस्पतालमा काम गरिरहेकासहित ७ नक्कली सर्टिफिकेटधारी डाक्टरलाई पक्राउ गरेको हो ।

जसमा सप्तरी विष्णुपुर—२ का २८ वर्षीय मोहमद्ध सिद्धिकी पक्राउ परेका छन् ।  विटारनगरस्थित न्यूरो अस्पतालबाट पक्राउ परेका उनी त्यही कार्यरत थिए ।

यस्तै, महोत्तरी सरपल्लो—६ का २९ वर्षीय सुभाषप्रसाद साह पक्राउ परेका छन् ।उनी जनकपुरस्थित जनकपुर चिल्ड्रेन हस्पिटलमा कार्यरत थिए ।

धनुषा सबैला—७ का २८ वर्षीय मोहम्मद शाहिद राजा पनि प्रहरी फन्दामा परेका छन् । इमाडोलबाट पक्राउ परेका उनी चाबहिलस्थित दीघार्यु गुरु अस्पतालमा कार्यरत थिए ।

मनाङ चामे—५ का ३१ वर्षीय दीपेन्द्र गौतम पनि पक्राउ परेका छन् । उनी रुकुमस्थित चौरजहारी मिसन हस्पिटलमा कार्यरत रहेको ब्यूरोले जनाएको छ । गौतमलाई प्रहरीले त्यहीबाट पक्राउ गरेको हो ।

सप्तरी सपरपुरा—१ का ३१ वर्षीया अखिलेसकुमार देव, महोत्तरी मनरा—५ की २७ वर्षीया पल्लबी सिंह र ललितपुर ललितपुर—२ का २९ वर्षीय फराज हुसेन खालाई प्रहरीले पक्राउ गरेको छ । देव विराटनगरको बरगाछी, सिंह मध्यपुरठिमी आर्दशवस्ती र खाँ सानेबाट पक्राउ परेको ब्यूरोले जनाएको छ ।

प्क्राउ परेकाहरुले बंगलादेशमा एमबीबीएस अध्ययनका लागि नक्कली सर्टिफिकेट बनाएको प्रहरीले जनाएको छ । ‘शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर भएको भन्ने विशेष सूचनाको आधारमा ब्यूरोबाट सुक्ष्म अनुसन्धान गर्दा बंगलादेशमा एमबीबीएस अध्ययन गर्न जानको निमित्त एसएलसीको मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्म मिति, प्राप्ताङकलगायतका विवरणहरु सच्याई, थपघट गरी किर्ते मार्कसिट बनाई सोही मार्कसिटहरुको आधारमा बंगलादेशमा एमबीबीएस अध्ययनको लागि नेपाल मेडिकल काउन्सिल बाँसवारीबाट स्विकृती लिएको देखिएको छ,’ ब्युरोकी प्रवक्ता प्रहरी उपरिक्षक गंगा पन्तले भनिन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ