२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशगाउँ-गाउँमा पुगेर गर्भवती महिलालाई कोसेली बाँड्दै उपाध्यक्ष बुढा

गाउँ-गाउँमा पुगेर गर्भवती महिलालाई कोसेली बाँड्दै उपाध्यक्ष बुढा


जुम्ला –  जुम्लाका एक नगरपालिका र ७ गाउँपालिका मध्यका उपाध्यक्ष विष्णुमाया बुढा । सक्रिय उपाध्यक्षका रुपमा परिचित छन् । वि.स २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र पार्टीबाट तिला गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।

स्थानीयतहको उपाध्यक्ष पदमा निर्वाचित भएदेखि जनताको सेवा गर्ने उद्देश्यका साथ सक्रिय भुमिका निर्वाह गर्दै आएकी छन् । कोरोना संक्रमणको बेला होस् या अन्य जनताको काम होस् निकै तदारुकताका साथ आफ्नो जिम्मेवारी पुरा गर्नेमा पछि पर्ने गरेकी छैन ।

यतिबेला उपाध्यक्ष बुढा गर्भवती र सुत्केरी सुनौला हजार दिनभित्र आमा बच्चाको पोषणमा सुधार ल्याउनका लागि कोसेली बोकेर गाउँ-गाउँमा पुग्ने गरेकी छन् । सुनौला हजार दिनभित्रका आमासँग उपाध्यक्ष कार्यक्रम अन्र्तगत कोशेली बोकेर गाउँमा पुग्ने गरेकी हुन् । कोसेली (झोलामा) बच्चालाई न्यानो कपडा, तेल, सावुन, नङकटर र पोषणयुक्त आहारा चना राखिएको छ ।

तिला गाउँपालिका ९ वडामा विभाजित छ । ९ वडाकै सुनौला हजार दिनभित्रका १ हजार १ सय ७० जना आमालाई एक साता भरी कोसेली वितरण गर्ने कार्यक्रम रहेको छ ।

तिला गाउँपालिका – ४ सापुल्ली गाउँकी अञ्जली शाही गर्भवती महिला हुन् । उनले भनिन् गाउँपालिकाले सुनौला हजारभित्रका गर्भवती र सुत्केरी आमाको पोषणमा सुधार ल्याउनका लागि कोशेली उपलव्ध गराएको हो । गाउँपालिका उपाध्यक्ष नै गाउँमा पुगेर यस्तो कोसेली उपलब्ध गराउदा हामी खुसी छौँ ।’

सोही गाउँकी कालिका सुनार सुत्केरी महिला हुन् । उनले भनिन्, ‘पहिलाका गर्भवती आमाले पोषिलो खानेकुरा नपाउदा समस्या हुने गरेको थियो । तर अहिले स्थानीय सरकार गाउँपालिकाले सुनौला हजार दिनभित्रका भर्गवती र सुत्केरी आमाको पोषण सुधार गर्नका लागि कोसेली उपलब्ध गराएको छ ।’

यसले गर्भवती र सुत्केरी आमालाई निकै सहज भएको छ । सबैको घर सम्पन्न हुदैनन्  । विपन्न व्यक्ति तथा घर परिवारमा यो कोशेलीले राहत पुगेको उनले बताइन् ।

तिला गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाका अनुसार गाउँपालिका भरीका १ हजार १ सय ७० जना गर्भवती र सुत्केरी आमालाई कोसेली प्रदान गर्ने लक्ष्यका साथ कार्यक्रमको तयारी गरेका छौँ । ‘विशेष गरी भर्गवती र सुत्केरी आमाको पोषणमा सुधार ल्याउनका लागि कोशेली उपलव्ध गराउने कार्यक्रम बनाएका हौँ ।’,उनले भनिन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ