२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन २१४जना संक्रमितको मृत्यु, थपिए ८९६० नयाँ संक्रमित

एकैदिन २१४जना संक्रमितको मृत्यु, थपिए ८९६० नयाँ संक्रमित


काठमाडौँ – नेपालमा थप २ सय १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्राप्त तथ्यांक अनुसार थप  २ सय १४ जना कोरोना संक्रमितको मृत्यु भएको हो।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ४ सय ६६  पुगेको छ।

केहि दिनयता देखि संक्रमण दरसँगै मृतकको संख्या पनि बढ्दै गैरहेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ६० कोरोना संक्रमित थपिएका छन्।

काठमाडौँमा मात्रै २ हजार ७ सय ३३ जना संक्रमित थपिएका छन् । त्यस्तै, भक्तपुरमा ३ सय ४८, ललितपुरमा ४ सय ८१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ पछि रुपन्देहीमा सबैभन्दा बढी संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ५ सय ११ जनामा कोरोना पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा एकैपटक  ५ हजार ५५ जना   जना संक्रमित कोरोना मुक्त भएका छन् । हाल कोरोनामुक्त हुने दर ७४. ६ प्रतिशत रहेको छ । पछिल्लो तथ्यांकअनुसार हाल कोरोनामुक्त हुने संख्या ३ लाख २१ हजार ५ सय १८ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ