२०८३ असार १४, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवरिष्ठ चिकित्सक प्रा.डा. पुज्यश्री कार्कीको कोभिड–१९ संक्रमणबाट निधन

वरिष्ठ चिकित्सक प्रा.डा. पुज्यश्री कार्कीको कोभिड–१९ संक्रमणबाट निधन


काठमाडौं– वरिष्ठ आँखा रोग विशेषज्ञ प्रा.डा. पुज्यश्री कार्कीको कोभिड–१९ को संक्रमणबाट निधन भएको छ । बुधबार विहान नर्भिक इन्टरनेशनल अस्पतालमा उनको उपचारका क्रममा निधन भएको हो ।

‘कोभिड १९ संक्रमण कारण उहाँको आज विहान निधन भएको हो,’ नर्भिकका वरिष्ठ कर्पोरेट कम्युनिकेसन एण्ड पिआर म्यानेजर सोमनाथ बाँस्तोलाले भने । १० दिनदेखि डा. कार्कीको नर्भिकको आईसीयुमा उपचार भइरहेको थियो । .

किष्ट मेडिकल कलेज शिक्षण अस्पतालकी आँखा विभागकी विभागीय प्रमुखमा रुपमा उनी कार्यरत थिइन् ।

डा. कार्की १० वर्षदेखि आँखा रोगको चिकित्सकका रुपमा सक्रिय थिइन् ।

नेपाल मेडिकल कलेजबाट एमबीबीएस गरेकी कार्कीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमडी गरेकी थिइन् ।

नेपाल चिकित्सक संघले पनि कार्कीको निधनप्रति शोक व्यक्त गरेको छ । संघका महासचिव डा. बद्री रिजालले जारी गरेको शोक वक्तव्यमा डा. कार्कीले नेपालको चिकित्सा क्षेत्रमा पुर्याएको योगदानको सम्झना गरिएको छ ।

‘इमान्दार, लगनशील र निष्ठावान प्रतिष्ठित नेत्ररोग विशेषज्ञ चिकित्सकलाई गुमाउन पुगेकोमा नेपाल चिकित्सक संघ परिवार अत्यन्तै मर्माहित भएको छ,’ डा. रिजालले वक्तव्यमा भनेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ