२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशधनगढीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन अन्तरक्रिया

धनगढीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन अन्तरक्रिया


धनगढी-कैलाली जिल्लाको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि सरोकारवालाहरुबीच अन्तरक्रिया भएको छ । सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय , जिल्ला स्वास्थ्य कार्यालय कैलाली र धनगढी उप–महानगरपालिकाकामा प्रतिनिधीहरुबीच छलफल तथा अन्तरक्रिया भएको हो ।

कैलाली जिल्लामा स्वास्थ्यकर्मीहरुको अभाव, नवजात शिशुको उच्च मृत्युदर, खोप कार्यक्रम संचालनमा समस्या, असुरक्षित गर्भपतन, परिवार नियोजन साधानको प्रयोगको दर न्यून, कुष्टरोग, मलेरिया र शिकलसेल ऐनिमिया परीक्षण र तथा उपचारजस्ता कुरामा निकै समस्या रहेको छ । ‘जिल्लाका अन्य स्थानीय तहको तुलनामा धनगढी उप–महानगरपालिकाको अवस्था राम्रो देखिएपनि अझै सन्तुष्ट हुने अवस्था छैन्,’ धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, ‘त्यसका लागि स्वास्थ्यकर्मीहरु लगनशील भएर काममा खटिनुपर्ने छ ।’

धनगढी उप–महानगरपालिकालाई सबैभन्दा बढी समस्या कर्मचारी समायोजनबाट भएको छ नगरप्रमुख वडले बताए । स्वास्थ्य महाशाखा प्रमुख आठौं तहको रहने ब्यवस्था भएपनि सिअहेवमात्रै छ । धनगढी शहरी क्षेत्र भएकाले पनि सबै यतै आउन चाहेको तर चाहिने कर्मचारी नभएको उनले बताए । आफू निर्वाचित भएर आएपछि १० वटा शहरी स्वास्थ्य केन्द्रबाट बढाएर १० पु¥याएको नगरप्रमुख वडले बताए । उनले भने, ‘सिकलसेल परीक्षण, १ हजार तीनसय भन्दा बढीको नि:शुल्क आँखाको शल्यक्रिया, कुष्ठरोगी, हाइड्रोसिललगायतका ठूलो संख्यामा बिरामीको उपचार गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले कैलाली जिल्लाको स्वास्थ्य अवस्था खस्किदो रहेको बताए । उनले भने, ‘धनगढी उप–महानगरपालिकाले मात्रै राम्रो गरेर हुँदैन जिल्लाभरिको अवस्था राम्रो भएमा मात्रै लक्ष्य भेटाउँछ । सेती अञ्चल अस्पतालमा नै नवजात शिशुको मृत्युदर प्रतिहजार जीवित जन्ममा २९ दशमलव ७ जना रहेको छ यसलाई कसरी बुझ्ने । त्यसैगरी अस्थायी साधन प्रयोगकर्ता कैलालीमा ४० प्रतिशत छ ।’

नियमित खोप सेवा प्रभावकारी रुपमा चल्न सकेको छैन प्रमुख धामीले भने, ‘समस्या नै समस्या छन् ।’ सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयका डाक्टर खगेन्द्र बमले कैलाली जिल्ला हेर्दा सुगम भएपनि स्वास्थ्यको अवस्था नाजुक रहेको बताए । उनले भने, ‘यसका लागि सरोकारवालाहरु बिच छलफल आवश्यक छ ।’ सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयका डाक्टर चेतराज जोशीले सेती अंचल अस्पतालको अवस्थामा सुधार ल्याउन सकेमा मात्रै प्रदेशको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सकिने बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ