२०८३ असार ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारक्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ

क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ


काठमाडौं—क्वेष्ट फर्मास्युटिकल्सले सन् २०२५ मा झण्डै तीन अर्ब रुपैयाँको कारोबार गरेको छ । क्वेस्ट फर्मास्युटिकल्सको फाइनान्सियल तथ्यांकअनुसार उसले सन् २०२५ मा २ अर्ब ९० करोड रुपैयाँको कारोबार गरेको हो ।

यसअघि सन् २०२४ मा क्वेस्टको कारोबार २ अर्ब ८५ करोड १० लाख रहेको थियो । कार्डियोभास्कुलर, डाइबटिज, डर्माटोलोजीको औषधि उत्पादन गर्ने क्वेष्टको कारोबार पछिल्ला वर्षहरुमा निरन्तर उकालोमा देखिन्छ । सन् २०२३ मा २ अर्ब ५४ करोड ३० लाख रुपैयाँको कारोबार गरको क्वेष्टले सन् २०२२ मा २ अर्ब ३२ करोड ३० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ९५ करोड रुपैयाँ, सन् २०२० मा १ अर्ब ८० करोड रुपैयाँ कारोबार गरेको थियो ।

सन् १९९९ मा स्वदेशी फर्मास्युटिकल्स कम्पनीका रुपमा क्वेष्टको स्थापना भएको थियो । उसले पहिलो मलीक्युलका रुपमा सन् २००१ मा एमलड एम्लोडिपिन उत्पादन सुरु गरेको थियो । विशेषगरी डायबिटिज र मुटु सम्बन्धी रोगका औषधि उत्पादनमा कम्पनीको विशेष ध्यान केन्द्रित रहेको छ । क्वेष्ट नेपालका प्रमुख स्वदेशी औषधि उत्पादकमध्ये एकका रुपमा स्थापित छ ।

सन् २०२६ को जनवरी मध्यसम्म आइपुग्दा क्वेस्टको सेयर स्वामित्व १५ जना व्यक्तिमा विभाजित छ । कम्पनीका चार निर्देशकहरु उमेशलाल श्रेष्ठ, पृथ्वीराज भण्डारी, उत्तमकुमार श्रेष्ठ र शैलेन्द्र प्रसाद वर्माले संयुक्त रूपमा करिब ४५ प्रतिशत सेयर स्वामित्व राखेका छन् । बाँकी सेयर भने निर्देशकहरूका परिवारका सदस्य तथा व्यावसायिक सहकर्मीहरूसँग रहेको छ ।

कम्पनीमा अहिले ५ सयभन्दा बढी कर्मचारी रहेको उसको वेवसाइटमा उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ