२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई च्यातिएको पीपीई, टेप टालेर कोभिड-१९ को उपचारमा

फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई च्यातिएको पीपीई, टेप टालेर कोभिड-१९ को उपचारमा

गुणस्तरीय पीपीई दिन माग


विराटनगर– कोभिड–१९ महामारी विरुद्ध फ्रन्टलाइनमा डटेर संक्रमितको उपचार गर्दै आएका विराटनगरस्थित कोशी अस्पतालभित्र संचालनमा आएको कोभिड उपचार युनिटमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई गुणस्तरहीन पीपीई दिइएको पाइएको छ । कोभिड युनिटमा कार्यरत चिकित्कस, नर्सलगायतलाई दिइएको पीपीई च्यातिएको पाइएको हो ।

बिहीबारदेखि संचालनमा आएको ६२ शैय्याको कोभिड अस्पतालको भेन्टिसहितको आईसीयु र एचडियुको शैय्या संक्रमितले भरिएका छन् । जसमा अहिले १६ जनाभन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मी सिफ्ट मिलाएर कोभिड–१९ संक्रमितको उपचार गर्दै आएका छन् ।

तर, फ्रन्टलाइनमा रहेर संक्रमितको उपचारमा खटिने चिकित्सक, नर्सलगायतलाई अस्पतालले दिएको पीपीई च्यातिएको कोशी अस्पतालभित्र कोभिड–१९ का बिरामीको उपचार गर्दै आएका एक जना चिकित्सकले हेल्थआवाजलाई बताए । ‘आफ्नो ज्यान दाउमा राखेर फ्रन्टलाइनमा रहेर कोभिड संक्रमितको उपचार गर्दै आएका छौं । तर, हामीलाई अस्पतालले दिएको पीपीई गुणस्तरहीन रहेको छ,’ कोरोना संक्रमितको उपचार गर्दै आएका ती चिकित्सकले भने, ‘यहाँका चिकित्सक र स्वास्थयकर्मीलाई दिएको पिपीई च्यातिएको छ । यस्तो पीपीई लगाएर संक्रमिको उपचारमा खटिदा संक्रमण सर्ने खतरा हुन्छ ।’

रातदिन नभनी बिरामीको ज्यान बचाउन खटिने स्वास्थ्यकर्मीहरुलाई दिने सुरक्षा कवच गुणस्तरीय दिनुपर्ने उनीहरूले बताएका छन् । कोशीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरूले गुणस्तरीय पीपीई दिन अस्पतालसँग माग गरेका छन् ।

‘बिरामीको ज्यान बचाउन फ्रन्टलाइनमा रहेर कोभिड–१९ संक्रमितको उपचारमा खटिने चिकित्सकलाई दिने पीपीई त गुणस्तरीय हुनुप¥यो । हामीले अस्पताल प्रशासनलाई जानकारी गराएका छौं । अहिलेसम्म कुनै सुनवाई भएको छैन,’ कोशी अस्तपालका अर्का चिकित्सकले थपे, ‘बिरामीलाई मर्न त दिनु भएन । त्यही भएर च्यातिएको पीपीईमा टेप लगाएर पनि अहिले उपचार गर्दै आएका छौं ।’

कोशी भित्रको कोभिड अस्पतालमा संक्रमितको उपचार गर्न चार वटा चिकित्सकको टिम बनेको छ । चार जनाको दरले चार सिफ्टमा काम हुने गरेको छ । प्रत्येक टिममा कन्सलट्यान्ट चिकित्सकसहितका स्वास्थ्यकर्मी रहेका छन् ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले अहिले आएको पीपीई सहयोगमा आएकोले उपचारमा खटिने चिकित्सकलाई दिएको बताए । ‘च्यातिएको पिपिई भनेर अहिलेसम्म मलाई कुनै जानकारी आएको छैन,’ उनले भने, ‘अस्पतालले पीपीई खरिद गर्न प्रक्रिया अगाडि बढाएको छ । केही दिन भित्रमा हामीले ल्याउने पीपीई आइसक्छ । त्यो पीपीई गुणस्तरीय हुनेछ ।’

कोशी भित्र संचालनमा आएको कोभिड अस्पतालमा ५ शैय्याको भेन्टिलेटरसहितको आईसीयू, २५ वटा एचडीयू, ३२ वटा अक्सिजनसहितको जनरल बेड रहेको छ । शनिबारसम्म आईसीयू र एचडियूमीमा राखेर २६ जना संक्रमितको उपचार भइरहेको छ । १० जना अस्पताल भित्रको आइसोलनमा रहेको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ