२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका १९२६ जना कर्मचारीको समायोजन मिलान सकियो, संघमा समायोजन मिलान हुने शुन्य

स्वास्थ्यका १९२६ जना कर्मचारीको समायोजन मिलान सकियो, संघमा समायोजन मिलान हुने शुन्य


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १९२६ जना कर्मचारीको समायोजन मिलान सकिएको छ ।  समायोजन मिलान गरिएका सबैभन्दा बढीको एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समायोजन मिलान भएको छ ।

मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीकाअनुसार १८३० जना कर्मचारीको एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समायोजन मिलान भएको छ । जसमध्ये अधिकृतस्तरका २९३ जना र सहायकस्तरका १५३७ जना रहेका छन् ।

यस्तै, प्रदेशबाट स्थानीय तहमा २१ जना अधिकृतस्तर र ११ जना सहायकस्तर गरी ३२ जना कर्मचारीको समायोजन मिलान गरिएको छ । ७ जना अधिकृतस्तर र ८ जना सहायकस्तर गरी १५ जनाको एक प्रदेशबाट अर्को प्रदेशमा समायोजन मिलान भएको छ ।

अधिकृतस्तरका १५ जना र सहायकस्तरका ७ जना गरी २२ जनाको संघबाट स्थानीय तहमा समायोजन मिलान गरिएको छ भने १७ जना अधिकृतस्तर र १० जना सहायकस्तरका कर्मचारी गरी २७ जनाको संघबाट प्रदेशमा समायोजन मिलान भएको छ ।

प्रदेशबाट संघमा र स्थानीय तहबाट संघमा मिलान हुने कर्मचारीको संख्या भने शुन्य रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ